भक्तपुरलाई स्वास्थ्य क्षेत्र हव बनाइने – स्वास्थ्य मन्त्री थापा


भदौ ६, २०८२, शुक्रबार | साँझ ०५:२६ बजे | 730


भक्तपुरलाई स्वास्थ्य क्षेत्र हव बनाइने – स्वास्थ्य मन्त्री थापा

सागर गुरागाईं
मध्यपुर थिमि – बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर जिल्लामा सामुदायिक र निजी गरी १७ वटा अस्पतालहरुले स्वास्थ्य सेवा पु¥याइरहेकोले अब भक्तपुर जिल्लालाई सबै स्वास्थ्य सेवाको पहुँचमा पु¥याएर स्वास्थ्य क्षेत्रको हव बनाउने लक्ष्य रहेको बताउनु भएको छ । ब्रह्मकुमारी राजयोग मध्यपुर थिमि शाखाद्धारा विश्व बन्धुत्व दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले उक्त विचार व्यक्त गर्नु भएको छ । स्वास्थ्य मन्त्री थापाले बागमती प्रदेशका १३ जिल्लामा सञ्चालित प्रादेशीक अस्पतालको सेवा सुविधा र गुणस्तर बृद्धि गरिरहेको जानकारी दिदैं नेपाल सरकारले ९८ प्रकारका औषधीहरु बिरामीहरुलाई निशुल्क प्रदान गरिरहेकोमा बागमती प्रदेश सरकारले ५६ प्रकारका औषधीहरु निशुल्क वितरण गरिरहेको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्री थापाले भक्तपुर अस्पताल बागमती प्रदेशको उत्कृष्ट सेवा प्रदायक अस्पताल भएर सेवा प्रवाह गरिरहेको जानकारी दिदैं आफूले हालसम्म ६१ पटक रक्तदान गरिसकेको समेत जानकारी दिनुभयो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र थिमिकी प्रमुख तिमिलाको सभापतित्वमा भएको उक्त रक्तदान कार्यक्रममा केन्द्रका ब्रह्मकुमार सुरेन्द्रले कार्यक्रमको उद्देश्य, महत्व माथि प्रकाश पार्दै भदौ ६ देखि ९ गते सम्म नेपालभर रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा बागमती प्रदेशकी सांसद शकुन्तला श्रेष्ठ, मध्यपुर थिमि नपा ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले ब्रह्मकुमारी राजयोगको कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । शंखधर चोकको भाःफल्चा परिसरमा भएको उक्त रक्तदानमा १८ पुरुष र ५ महिला सहित २३ जनाले रक्तदान गरेको केन्द्रका संरक्षक भुवन चरण श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमकी सभापति ब्रह्मकुमारी तिमिलाले राजयोगिनी दादी प्रकाशमणिको १८ पुण्यतिथिमा मुलुकभर १ सय घण्टामा १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य सहित ४ दिन सम्म निरन्तर रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । शान्ति, धैर्य, संयम, सकारात्मक सोच चिन्तन, अहिंसाको सन्देश प्रवाह गर्दै आएको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले रक्तदान कार्यक्रम मार्फत समाजमा मानवियता, भाईचारा र बन्धुत्वको भावना प्रवाह गरिरहेको कार्यक्रमका सहभागीहरुले बताएका छन् । 
 

Comments