[बौद्धस्थल टुँडिखेल महाकाललाई चढाइन्छ, जाँडरक्सी माछामासु
भदौ ६, २०८२, शुक्रबार | दिउँसो ०३:५१ बजे | 165
पदम श्रेष्ठ
बज्रयानी बौद्धस्थल हुन् टुँडिखेल महाकाल । शनिवार विशेष पुजा हुने महाँकाल भैरव बौद्धस्थल भएपनि बोटलका बोटल रक्सी चढाईन्छ याहाँ । शाकाहारी भक्तजनलाई बौद्ध महाकाललाई जाँड रक्सी र माछा मासुको परिकार सहित समयवजि चढाईन्छ , भनियो भने थुप्रै भक्तजनहरु आश्चर्य चकित नवन्लान भन्न सकिदैन । तान्त्रिक बज्रयानी परम्पारामा आधारित पुजा पद्धत्ती चढाईने भएको हुँदा महाङकाललाई राँगाको मासु ,हाँसको अण्डा ,अदुवा ,लसुन ,मासको वाढा ,कालो कपडा, फलामको पाता,चुरालगायतका पुजा सामग्री चढाउनुपर्ने विद्यान रहेको तथ्य रहेको पाईन्छ । टुँडिखेलको महाकाल बौद्धस्थल हुन भन्ने कुरा धेरै भक्तजनहरुलाई जानकारी रहेको पाईदैन् ।
भक्त्तजनहरुमा तान्त्रिक देवता थानि खासै माछामासुको परिकार चढाईदापनि खासै ध्यान दिईरहेको पाईदैन् । शनिदेव वा भगवान शिवको रौद्ररुप मानेर थुप्रै भक्तजनहरुले टुँडिखेल महाङकाललाई प्रत्येक शनिवार एैजन एैजन पञ्चमकार पद्धत्ति अनुसार पुजा चढाउने र आत्मशान्ति गरी फर्कने गरेको पाईन्छ ।
न मन्दिरका पुजारीलाई देवताका बारे विस्तृत जानकारी दिन भ्याउँछन् न त संस्कृतिविदहरुबाटै कुन देवता कुन सम्प्रदायका हुन र कुन देवतालाई किन साकाहारी वा माङसाहारी पुजा दिइन्छ भन्ने नै बुझाउने गरेको पाईन्छ ।
भत्तजनहरु त्यो बेला आश्चर्यचकित हुन्छन् , जब माङसाहारी पञ्चमकार पुजापद्धतिअनुसार देवतालाई वोटलका वोटल जाँड, रक्सि ,माछामासुले अभिशेष गरिरहन्छन् , अनि महाँकाल भैरवको मुकुटमा भगवान बुद्धको मुर्ति ध्यान मुद्रामा देख्दछन् । विशेषगरी काठमाडौं उपत्यका बाहिरका भक्तजनहरुमा भगवान बुद्ध ,कृष्ण ,गणेश, महादेव वा भगवती ,सरस्वति पुजामा विशुद्ध साकाहारी पुजा चढाईन्छ भन्ने सोच रहेको पाईन्छ तर काठमाडौं उपत्यका तान्त्रिक साधक शाक्क्त सम्प्रदायको केन्द्र भएको कारण बैदिक होस वा बौद्ध ,नाथ ,नागा होस वा कापलिक,शैव हुन वा गणपद , नारायणसम्प्रदायका देविदेवता नै किन नहुन तान्त्रिक शाक्त पञ्चमकार ( मत्स्य ,मास ,मुद्रा ,मैथुन ) पद्धतिका आधार पुज्ने अनौठो परम्परा रहेको छ काठमाडौं उपत्यकामा । तर अन्य सम्प्रदायमा जसरी बौद्ध पद्धतिमा आधारित महाङकाल भैरवलाई पशुवलि भने दिईदैन । छोईला,वाढा , कालो भट्टमास,अदुवा, लसुन सहितको समयवजि भने अनिवार्य चढाईन्छ । यहि पञ्चमकार पुजा पद्धतिका आधारमा जाँड रक्सि देवतालाई चढाईदा एक चिम्टीदेखि एक पालासम्म चढाएपनि हुने ठाउँमा भक्तजनहरु हौसिएर महङगा, महङगा व्राण्डीका वोटलनै चढाउने परम्परा विकास भएको हो ।
टुँडिखेल महाँकाल भैरव
टुँडिखेलको सैनिकमञ्च अगाडि सडककै छेउ थडिएको तीनतल्ले धातु छाने पेगौडा शैलीको मन्दिर जमिनभन्दा केही उँचो तलामाथि प्रतिस्थापित रहेकोछ , महांकाल भैरवको भव्य कालो ढुङगाको मुर्ति सहित । शिरमा अक्षोभ्यबुद्ध , हातमा खड्ग र देब्रेहातमा पात्रलिई शान्त मुद्रामा उभिएका कारण वज्रवीरपनि भनिने महाकाल भैरवलाई बुद्ध धर्मका रक्षकका रुपमालिई प्रत्येक विहारको दायाँ खोपिमा स्थापना गराएको पाईन्छ भने विहारमा स्थापित महाकाल भैरवलाई जाँड–रक्सी,माछा–मासु पूजाचल्ने भएपनि बलिभने चढाईदैन ।
काठमाडौं उपत्यका भित्रका परम्पारगत बस्ती बसाउँदा स्थापित अष्टमातृका पिठका साथ अष्ट भैरवलाईपनि प्रत्यक्ष अप्रत्यक्षरुपमा स्थापना गराएका हुन्छन् तर यसरी स्थापित सम्पुर्ण भैरव बौद्ध पद्धतिमा आधारित मात्र हुँदैनन् । शैव ,नाथ ,कापलिक र शाक्त्त परम्परामा आधारितपनि पुजिन्छन् काठमाडौं उपत्यकामा । उदाहरणका लागि पशुपतिनाथ , ज्ञानेश्वर महादेवस्थानको उत्तरदिशामा स्थापित उन्मक्त्त भैरव सन्तान प्राप्त गरिदिने शिवको रौद्ररुप मानिन्छ भने किराती राजा यलम्वरका रुपमा पुजिने ईन्द्रचोकको आकाश भैरव , फर्पिङगका ठकुरी मल्ल राजाका रुपमा लिइने टेकुका पचली भैरव र हनुमानढोकाको ठुलो घण्टा नेरको ईन्द्र जात्रामा मुखबाट जाँड प्रसाद बाढ्ने हाथ्वद्यो ( श्वेत भैरब) लाई शाक्त्त परम्परामा आधारित राज भैरबका रुपमा लिईन्छ । हनुमानढोकाकै काल भैरव ,लगनखेलको बटुक भैरवलाई कापलिक सम्प्रदायका भैरव मानिएको छ । रातो , सेतो मच्छिन्द्रनाथको रथारोहरण, फर्पिङगको जुगिचक्र पुजा हुँदा पुजिने रथ खट अगाडिको घमा भैरव पुजनलाई कनफट्टा सम्प्रदायको नाथ सम्प्रदायको भैरब मानिन्छ । जे होस पुरुष देवताको उग्रस्वरुपलाई भैरबका रुपमा भत्तजनहरुबाट पुजिदै आईरहेको पाईन्छ भने टुँडिखेलको महाकाल भैरवलाई अष्ठभैरब मध्ये एक बज्रयानी बौद्ध तान्त्रिक पद्धतिअनुसार पुजिने भैरवको रुपमा लिईन्छ । त्यसैले भैरबको मुकुटमा अभिताभ बुद्ध प्रतिष्ठापित गरिएको हो ।
टुँडिखेल टुँडिख्यो बारे आख्यान
भनिन्छ , एक समय काठमाडौं उपत्यका पानीले भरिएको तलाउ थियो । स्वयम्भु पुराणमा दिईएअनुसार त्यो तलाउ सुकेर बनेको जमिन दलदलको रुपमा सुक्दै जानथालेपछि मानिसहरु उपत्यकाको चारैतिर डाँडामा बसोबास गरिरहेका मानिसहरु खेतियोग्य जमिनको खोजी गर्दै ठुलठुला रुख फाँडेर तलतिर झरे । त्यहि रुख काट्दै मन्दिर घरहरु बनाएको कारण उपत्यकालाई काठैकाठले बनेका घर मन्दिरको स्थल भएको हुँदा काठमाडौं अर्थात काष्ठमण्डप भनियो भने दहको पानी सुकेर बनेको जमिनलाई टँुडिख्यो अर्थात ईनार जस्तै दलदल सुकेर बनेको चउर भनिएको हो । त्यो टुँडिखेलमा अनेक भुतप्रेत दुष्ट आत्माहरुले दुःख दिन थालेपछि राजा गुणकामदेवको पालामा देशलाई अदृश्य दुष्ट आत्मालाई शान्त राखि देशलाई अनिकाल रोग भोक र स्वखबाट रक्षा गर्न नगरको चारैतिर स्थापित अष्टमातृका पिठका साथ महाकाल भैरबपनि स्थापित भएको बताईन्छ ।
त्यहि अष्ठभैरवमध्ये एक टुँडिखेलको काखमा छ, तुण्डीख्यो भैरव अर्थात महाकाल मन्दिर । ‘
महाकाल भैरव स्थापनाबारेको आख्यान
आख्यानुसार एक समय देशमा लामो समयसम्म आकासबाट पानी नपरी ठुलो हाहाकार मच्चिएछ रे । राजाले देशभरका ज्योतिष ,विद्धान ,तन्त्रसाधकहरुलाई दरवारमा पानी कसरी पार्न सकिएला भनि सभा बसाएछन् । सभामा मन्त्रसिद्धि महाविहार ( सवलवहाल ) का तान्त्रिक शास्वतवज्रले पानी पार्न बृहत महायज्ञगरी आकाशमा बादलको विउ पठाउनुपर्ने राय दिएछन् । उनकै नेतृत्वमा महायज्ञपनि थालिएछ , त्यो होम होमादीमा अन्नपात ,घिउ ,तेल कपुरादीको समेत अग्नीमा दहन गरियो तर बादलको ल्केससम्मपनि देखिएन तर तन्त्रसाधकहरुले होममा किरा फत्याङग्राको समेत दहन गर्न थालेपछि एक्कासी आकाशमा कालो बादलले घाम छेकिदिएछन् । आकाशमा कालो बादल देखेपछि राजा रङकदेखि जनताहरु सबै खुशिले गदगद भएछन् तर मुल तन्त्रज्ञानी सास्वतबज्रको अनुहारमा भने कुनै खुशीको रेखा देखेनछ । यसबाट अचम्ममा परेका राजा जनताले यसको कारण एक स्वर लगाएर सोध्दा सास्वत बज्रगुरुले भनेछन् यो बादलजस्तो देखिएको सत्य हो तर त्यो पानी पर्ने बादल नभई अर्कै केहि भएकोहुँदा म मा खुशि नआएको हो । यो के हो भनेर हेर्न जमिनमानै झारेर हेर्नुपर्ने हुन्छ भन्दै मन्त्रयोगको प्रयोगगरी आकाश तर्फ हेर्दा त बादलभित्र तिब्बतबाट काँशी उड्दै गरेका कालो ढुङगारुपि वज्रवीर महाकाललाई देखेछन् । यसबाट अचम्ममा परेका राजा ,जनता र स्वयम तन्त्रज्ञानी सास्वतबज्र मिलेर बज्रविर महाकालको भव्य पुजा गरिएछ । जसको प्रतापले सित लहर आई सहकाल शुरु भएको भन्ने कथन छ ।
पहिले घमण्डीमा र पछि पानी पार्ने स्वार्थवंश भैरवलाई जमिनमा झारेकोमा आत्मग्लानी स्वरुप पञ्चक पाप नाउँको चर्यागीत गाउँदै शास्वतबज्रले क्षमापूजा गराएछन् । त्यसैबेला तान्त्रिक बली पुजाको पद्धतिमा आधारित काठमाडौं उपत्यकामा स्थापित बौद्धस्थललाई बली पुजा नगर्नु नगराउनु भन्ने मान्यताअनुसार बज्रविर महाकाललाईपनि बलिपुजा दिईदैन तर पञ्चमकार पद्धतीमा आधारित तान्त्रिक पुजा स्विकार्य हुने बताईन्छ भने मात्स्य, मास,मुद्रा ,मैथुन सहितको पुजा गर्दा अमृतको रुपमा थोरै थोरै माटोको एक प्यालामात्र जाँड रक्सि चढाईन्छ तर बर्तमानमा भक्तनजहरुबाट बोटलका बोटल चढाउने परम्पारा चाहि विकृत पुजा संस्कार भएपनि स्विकार्य जस्तै भईरहेको अवस्था हो । यसबाट खुसी भएका महांकाल भैरवले प्रत्येक शनिबार आफू नेपालमै बस्नेवचन दिएको बताईन्छ । प्रत्येक शनिबार पुजा थाप्न आउनुहुने भएकोले महाँकाल भैरबलाई शनिदेव समेत भन्ने गरिन्छ । कलिगत संवत् ३८२२मा शास्वत वज्रले नगरकोटबाट ल्याई वज्रवीर महाकालको ध्यानमुद्रासंग मिल्ने कालोढुंगाको प्रस्तरमूर्ति टुँडिखेलमा स्थापना गराएको बताईन्छ ।
