भक्तपुर बचतको २८ औं साधारणसभा असोज ४ गते


भदौ ४, २०८२, बुधबार | राति ०८:०८ बजे | 250


भक्तपुर बचतको २८ औं साधारणसभा असोज ४ गते

भक्तपुर, ४ भदौ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारणसभा यही असोज ४ गते शनिवार ब्रह्मायणीस्थानमा हुने भएको छ ।
उक्त साधारणसभा तयारी स्वरुपसञ्चालक समितिको आयोजनामा बुधबार भएको भेला कार्यक्रममा संस्थाको समिति, उपसमिति, कर्मचारीबीचको भेलामा उक्त जानकारी दिएको हो । 
कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद कुसीले समिति, उपसमितिका साथीहरु दत्तचित्त भएर लागे हरेक कार्य पूरा हुने बताउँदै आगामी साधारण सभामा पनि सबैको साथ समर्थन आवश्यक रहेको बताउनुभयो । विभिन्न समयमा भएका कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरुको सुझाब अनुसार सबै सदस्यको एकताले नै भक्तपुर आदर निकेतन खोल्न सफल भएको उहाँको तर्क छ । सहकारीले विभिन्न उपसमितिको आयोजनामा विभिन्न तालिम तथा कार्यक्रमहरु सफलतापूर्वक सञ्चालन गर्न सकेको बताउँदै सांस्कृतिक उपसमितिको आयोजनामा हुन लागेको नौ बाजा प्रशिक्षणका लागि पनि सक्रियता जनाउनुपर्ने उहाँको जोड छ । सहकारीको अहिलेको प्रकृति पहिलाभन्दा फरक भएको बताउँदै राष्ट्र बैंकको निर्देशिका, प्राधिकरणको मापदण्ड र सहकारी विभागको निर्देशनले सहकारीलाई निकै गाह्रो बनाएको उहाँको भनाइ छ । 
संस्थाका सचिव जगनाथ प्रजापतिले २८ औं वार्षिक साधारणसभा तयारी पूरा गर्न शिक्षा उपसमितिलाई मञ्च तथा प्राविधिक व्यवस्थापन, युवा उपसमितिलाई खाजा तयारी व्यवस्थापन, वित्त व्यवस्थापन उपसमितिलाई खर्च व्यवस्थापन, कृषि उपसमितिलाई सरसफाई व्यवस्थापन, सूचना तथा प्रकाशन उपसमितिलाई प्रचारप्रसार व्यवस्थापन, सांस्कृतिक उपसमितिलाई सांस्कृतिक प्रस्तुति व्यवस्थापन, खेलकुद उपसमितिलाई स्वयम् सेवक व्यवस्थापन, स्वास्थ्य उपसमितिलाई स्वास्थ्य हेरचाह व्यवस्थापन, ज्येष्ठ तथा बाल सदस्य उपसमितिलाई उपस्थिति रकम वितरण व्यवस्थापन, व्यवसाय प्रबद्र्धन उपसमितिलाई अतिथि सत्कार तथा जलपान व्यवस्थापन, महिला उपसमितिलाई स्वागत तथा अतिथि सत्कार व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा अनुगमन उपसमितिलाई कार्यक्रम तयारी व्यवस्थापन र प्रगति प्रतिवेदन तयारी समितिलाई प्रतिवेदन तयारीको जिम्मेवारी दिने जानकारी दिनुभएको छ । साथै उहाँले संस्थाको साधारणसभालाई सफल बनाउन भाद्र १ गतेदेखि असोज ४ गतेसम्मकै कार्यक्रम तयारीबारे जानकारी  दिनुभयो ।
संस्थाका सहसचिव तारादेवी धन्छा साधारणसभालाई प्रभावकारी र सफल बनाउन सबै तहबाट साथ सहयोग गर्नुपर्नेमा जोड दिनभयो ।
 

Comments