आर्गस एजुकेशनमा ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरू
भदौ १, २०८२, आइतबार | राति ०७:०७ बजे | 280
भक्तपुर, भदौ १। भक्तपुरको सूर्यविनायकस्थित आर्गस एजुकेशनमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु भएको छ। विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि यो एक्स्पो एक महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत भएको छ।
कार्यक्रम भदौ १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले गरे। उद्घाटन समारोहमा अध्यक्ष अग्रवालले आर्गस एजुकेशनले नेपाली विद्यार्थीहरूलाई विदेशमा अध्ययनका लागि उत्कृष्ट परामर्श दिँदै आएको र अध्ययनपश्चात् आर्जन गरिएका सीपहरू नेपालमै उपयोग गर्न प्रेरित गरिरहेको कार्यको प्रशंसा गरे। उनले भक्तपुरको ऐतिहासिक, सांस्कृतिक तथा शैक्षिक महत्त्वलाई ध्यानमा राख्दै भक्तपुरलाई ‘एजुकेशन हब’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिए। अग्रवालले आर्गस एजुकेशनको अन्तर्राष्ट्रिय पहुँच र क्षमताले त्यो सम्भव हुने विश्वास व्यक्त गर्दै एक्स्पोको सफलताको शुभकामना समेत व्यक्त गरे।
समारोहमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, नेपाल चेम्बर अफ कमर्सका जय राम गोर्खाली, पत्रकार कृष्ण किसी, अमित श्यामा लगायतका विशिष्ट अतिथिहरूले पनि एक्स्पोको सफलताका लागि शुभकामना व्यक्त गरे। त्यसैगरी, आर्गस एजुकेशन नेपालकी प्रबन्ध निर्देशक लीजा चित्रकार, आर्गस एजुकेशन भक्तपुरका अध्यक्ष अच्युत प्रजापति, तथा निर्देशक किरण सुवालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै, विद्यार्थी र अभिभावकहरूलाई एक्स्पोमा सहभागी हुन आग्रह गरे।
विद्यार्थीहरूका लागि सुनौलो अवसर तीन दिनसम्म सञ्चालन हुने यस एक्स्पोमा अष्ट्रेलिया र न्यूजिल्यान्डका प्रतिष्ठित विश्वविद्यालयहरूबाट प्रस्तुत विभिन्न अध्ययन कार्यक्रम, छात्रवृत्तिको अवसर, भर्ना प्रक्रिया, र कलेजहरूको विस्तृत जानकारी निःशुल्क रूपमा प्राप्त गर्न सकिनेछ। विद्यार्थीहरूले विभिन्न शैक्षिक तह तथा विषयका कार्यक्रमहरूबारे जानकारी पाउनेछन् र आफ्नो क्षमता तथा रुचिअनुसार उपयुक्त विश्वविद्यालय छनोट गर्न विशेषज्ञहरूको परामर्श लिन सक्नेछन्। साथै, आवश्यक कागजात तयार पार्ने प्रक्रिया, आवेदन, तथा भिसासम्बन्धी सम्पूर्ण सहयोग पनि प्रदान गरिनेछ। भविष्य निर्माणमा सघाउने एक्स्पो कार्यक्रममा अष्ट्रेलिया र न्यूजिल्यान्डको भिसा प्रक्रिया, अध्ययनपश्चात् उपलब्ध रोजगारीका अवसरहरू, तथा छात्रवृत्तिका विकल्पहरूबारे स्पष्ट जानकारी दिइनेछ। साथै, सहभागी विद्यार्थीहरूका लागि IELTS र PTE तयारी कक्षा नि:शुल्क उपलब्ध गराइनेछ। थप जानकारी र सम्पर्क गुणस्तरीय शैक्षिक परामर्शका लागि परिचित आर्गस एजुकेशनले लामो समयदेखि नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा प्राप्त गर्न मार्गदर्शन गर्दै आएको छ। ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सम्बन्धी थप जानकारीका लागि आर्गस एजुकेशन, भक्तपुर सूर्यविनायकमा सम्पर्क गर्न सकिनेछ। फेसबुक पेज वा फोन नम्बरहरू: ०१-५९२४०१४, ९७०५१५०७४१, ९७०५१५०७४२ मार्फत पनि जानकारी लिन सकिन्छ।
एक्स्पो हरेक दिन बिहान १० बजेबाट साँझ ५ बजेसम्म आर्गस एजुकेशनको भक्तपुरस्थित कार्यालयमा सञ्चालन हुनेछ।
फाेटाेमा हेर्नुहाेस्...
