नेकप्रति विद्यार्थीको आकर्षणः कम्प्युटर इन्जिनियरिंगमा कोटा ९६, परीक्षार्थी १५१
साउन ३१, २०८२, शनिबार | राति १०:२२ बजे | 1075
स्नातक तहमा इन्जिनियरिंग पढन शनिबार प्रवेश परीक्षा दिन पुगेका सिराज मियाँं पनि इन्जिनियरिंग पास भएपछि स्वदेशमै वसेर केही गर्ने योजना छ । विदेशमा जाने कुनै योजना छैन । लोकसेवा लडेर सरकारी सेवामा प्रवेश गरी देशकै सेवा गर्ने योजना छ, उनले भविष्यको आफनो योजना सुनाउँंदै भने । उनका अनुसार उनका दाजु नेपालमै छन् । ससाना तीन भाइहरु अहिले ससाना भए पनि नेपालमै छन् र भविष्यमा पनि उनीहरु विदेश भासिने छैन ।
प्लस टु पास गरेपछि सवैजना युवाहरु विदेश भासिने गरेको भाष्य निर्माण भइरहेको बेला सोही कलेजमा कप्युटर इन्जिनियरिंग पढन प्रवेश परीक्षा दिन पुगेका झापाका दिवस वन पनि इन्जिनियरिंग पास गरेपछि लोकसेवा नै लडेर देश र जनताकै लागि काम गर्ने योजनामा छन् । उनी भन्छन्, सवै युवा विदेश जाँंदैछन् भनेर भाष्य निर्माण नगरौं । हामी जस्ता धेरै युवा पनि देशमै रहेर केही गर्ने योजनामा छौं ।
शनिबार कलेजमा भएको प्रवेश परीक्षामा सयौं नवयुवाहरु इन्जिनियर बन्ने भविष्य बनेर कलेजको प्रवेश परीक्षामा सहभागी भएका थिए । कलेजले जनाए अनुसार प्रवेश परीक्षामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थी इन्जिनियरको सपना बुनेर कलेजमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी भएका थिए । कलेजमा स्नातक तहको इन्जिनियरिंगमा सात वटा कार्यक्रमहरु छन् । यहाँं सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रूरल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर, इन्फरमेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ, ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ र सिभिल फर डिप्लोमा होल्डर्सका गरी सात वटा कायक्रमहरु सञ्चालनमा रहेको छन् । तीमध्ये शनिबार ६ वटा कार्यक्रम गरी कुल चार सय ८० कोटाका लागि प्रवेश परीक्षा भएको थियो ।
प्रवेश परीक्षामा सहभागी भएकाहरुमध्ये सवैभन्दा वढी विद्यार्थीको रुचि कम्प्युटर इन्जिनियरिंगमा रहेको कलेजका प्राचार्य सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले जनाए । परीक्षामा कम्प्युटर इन्जिनियरिंगका लागि १८३ जनाले फारम भरेकोमा १५१ जना परीक्षामा सहभागी भएका थिए । कलेजमा कप्युटरका लागि ९६ जनाको कोटा छ ।
नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुर नाफा नलिने उद्देश्यका साथ सञ्तालित गैरनाफामुलक शैक्षिक संस्था हो । जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता भई गैरनाफामूलक रुपमा सञ्चालित कलेज हो । कलेज व्यवस्थापन समितिको अध्यक्षमा हाल चांँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री छन् । शनिबार प्रवेश परीक्षामा पनि उनीसहित सञ्चालक समितिका सदस्य पदाधिकारीहरुसमेत कलेज पुगेर प्रवेश परीक्षामा सहभागी विद्यार्थीको हौसला वढाउन पुगेका थिए ।
इन्फरमेशन एण्ड कम्युनिकेशनको पढाइ हुने
नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा यस वर्षदेखि इन्फरमेशन एण्ड कम्युनिकेशन (सूचना तथा सञ्चार) इन्जिनियरिंगको पढाइ सुरु हुने भएको छ । आइटी एवं एआइलाई प्रभावकारी रुपमा अंगाल्दै यस विधामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नयाँं विषय थप गरेको कलेजका प्राचार्य सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले जनाए । पोखरा विश्वविद्यालयले सम्वन्धित निकायका प्रतिनिधिहरुसँंग व्यापक छलफल गरेपश्चात यो कार्यक्रमलाई यस वषदेखि लागू गरेको उनले जनाए । कलेज पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त छ ।
कायक्रमका विभागीय प्रमुख सहप्राध्यापक सचिन श्रेष्ठका अनुसार यो विषय अध्ययन गरेपछि विद्याथीले टेलिकम्युनिकेशनका अलावा आइटी, आइओटी तथा एआइ क्षेत्रमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान गर्नेछन् । यसले सोही विधा अन्तगतका सरकारी तथा गैर सरकारी संघसंस्थाहरुमा काम गन पाउने सुनौलो अवसर पाउने उनले जनाए । ३१ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गदै आएको नेकमा शुलभ मूल्यमा यो विषयमा भर्ना आह्वान गरिएको छ ।
नेक जिल्ला प्रशाशन कायालय भक्तपुरमा दता भइ सञ्चालनमा रहेको गैरनाफामूलक शैक्षिक संस्था हो । यो कलेजमा योसहित कुल सात वटा कायक्रमहरु सञ्चालित छन् ।
