भक्तपुरमा सकियो एकदिने प्याब्सन कन्क्लेब २०८२


साउन ३०, २०८२, शुक्रबार | साँझ ०६:०३ बजे | 465


भक्तपुरमा सकियो एकदिने प्याब्सन कन्क्लेब २०८२

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) भक्तपुरले शुक्रबार भक्तपुरमा एकदिने प्याप्सन कन्क्लेप–२०८२ आयोजना गरेको छ । जिल्लाभित्रका निजी विद्यालयबीच समन्वय र सहकार्य बढाउने, शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने तथा स्थानीय र संघीय नीति निर्माताहरूसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले प्याप्सन कन्क्लेप–२०८२ आयोजना गरिएको आयोजकले जनाएको छ । कायक्रमको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए । 
विभिन्न चरणहरुमा भएको कार्यक्रमका प्रमुख सहभागीहरू भक्तपुर जिल्लाभित्र रहेका चारैवटा नगरपालिकाहरू (मध्यपुर थिमि नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका) का निर्वाचित मेयरहरू रहेका थिए । साथै भक्तपुर जिल्लाबाट निर्वाचित संघीय सांसदहरू रहेका थिए । कायक्रम अन्तगत भक्तपुरबाट प्रतिनिधित्व गर्ने संघीय सासदहरु प्रेम सुवाल र दुलर्भ थापालगायतसँंग छुटाछुटै रुपमा अन्तरक्रिया गरिएको थियो । 
उनीहरूसँगको प्रत्यक्ष अन्तरक्रिया मार्फत निजी विद्यालयहरूले सामना गरिरहेका अवसर र चुनौतीहरुबारे छलफल गर्ने, शिक्षा नीति निर्माण गर्ने र कार्यान्वयनका विषयमा सुझाव आदानप्रदान गर्ने तथा स्थानीय र संघीय तहबीचको सहकार्यलाई सुदृढ पार्ने अपेक्षाका साथ कार्यक्रम गरिएको थियो । कार्यक्रमले निजी विद्यालयहरूको योगदानलाई पहिचान दिलाउने, शिक्षा क्षेत्रमा आवश्यक नीति तथा कानुनी सुधारका लागि अभिभावक, विद्यालय र सरकारबीचको आपसी समझदारीलाई गहिरो बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ । साथै कन्क्लेभमार्फत भक्तपुर जिल्लालाई गुणस्तरीय शिक्षाको शैक्षिक गन्तव्य बनाउने दिशामा एकीकृत प्रयासको थालनी गर्ने उद्देश्य भक्तपुर प्याबसनले लिएको छ ।

Comments