ख्वपमा भोलि तेस्रो ख्वप हाट बजार
साउन २९, २०८२, बिहीबार | दिउँसो ०२:५२ बजे | 400
भक्तपुर । ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस मा.वि. र ख्वप कलेज अफ लमा अध्ययनरत विद्यार्थीहरूमा रहेको उद्यमशीलता र व्यवसायिक प्रतिभालाई प्रवद्र्धन गर्ने उद्देश्यले भोलि साउन ३० गते शुक्रबार ‘तेस्रो ख्वप हाटबजार’ हुने भएको छ । हाट बजारको उदघाटन विहान ७ बजे हुनेछ ।
हाट बजार कलेजभित्रै लाग्ने छ । हात बजारलाई चलायमान बनाई विद्यार्थीलाई उत्साही बनाउन कार्यक्रममा सहभागी हुन सवै शिक्षक, कमचारीलाई सूचित गरेको छ । साथै कम्तीमा पनि रु. पाँंच सय रुपैयाँं बराबरको कारोवार र खरिद गर्न सबै पूर्णकालीन शिक्षक कर्मचारीहरुलाई निर्देशन दिइएको छ । सहजताको लागि सबै पूर्णकालीन शिक्षक तथा कर्मचारीहरुको नाममा रु. ५००।– कुपन तयार गरिएको जनाइएको छ ।
