नेकमा यो वर्षदेखि इन्फरमेशन एण्ड कम्युनिकेशन इन्जिनियरिंगको पढाइ हुने
साउन २९, २०८२, बिहीबार | दिउँसो ०२:३७ बजे | 715
काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा यस वर्षदेखि इन्फरमेशन एण्ड कम्युनिकेशन (सूचना तथा सञ्चार) इन्जिनियरिंगको पढाइ सुरु हुने भएको छ । आइटी एवं एआइलाई प्रभावकारी रुपमा अंगाल्दै यस विधामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नयाँं विषय थप गरेको कलेजका प्राचार्य सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले जनाए । पोखरा विश्वविद्यालयले सम्वन्धित निकायका प्रतिनिधिहरुसँंग व्यापक छलफल गरेपश्चात यो कार्यक्रमलाई यस वषदेखि लागू गरेको उनले जनाए । कलेज पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त छ ।
कायक्रमका विभागीय प्रमुख सहप्राध्यापक सचिन श्रेष्ठका अनुसार यो विषय अध्ययन गरेपछि विद्याथीले टेलिकम्युनिकेशनका अलावा आइटी, आइओटी तथा एआइ क्षेत्रमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान गर्नेछन् । यसले सोही विधा अन्तगतका सरकारी तथा गैर सरकारी संघसंस्थाहरुमा काम गन पाउने सुनौलो अवसर पाउने उनले जनाए ।
३१ व्षदेखि गुणस्तरीय शिक्षा प्रदान गदै आएको नेकमा शुलभ मूल्यमा यो विषयमा भर्ना आह्वान गरिएको छ । नेक जिल्ला प्रशाशन कायालय भक्तपुरमा दता भइ सञ्चालनमा रहेको गैरनाफामूलक शैक्षिक संस्था हो । यो कलेजमा योसहित कुल सात वटा कायक्रमहरु सञ्चालित छन् ।
