बिमासंग बिपन्न जोडियो भने प्रत्यारोपण सुबिधा ९ लाख पुग्दछ
साउन २८, २०८२, बुधबार | दिउँसो ०२:३० बजे | 190
भक्तपुर । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अंगदानमा बिभिन्न अंगदान आवश्यकताको २० प्रतिशत पनि हुन नसकेको बताउनुभएको छ । विश्व अंगदान दिवसको अवसरमा शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र दूधपाटीले बुधबार गरेको कार्यक्रममा उनले आवश्यकता अनुसार अंग प्रत्यारोपणका नीति नियमलाइ खुकुलो बनाउनुपनेमा जोड दिए ।
भारतमा पनि खुलेआम अंग बेचबिखन भएपछि भारतले प्रतिबन्ध लगायो, उनले भने, अङ्गदानमा चेतना विस्तार गर्नुपर्दछ । अंग आवश्यक परेकालाइ कति लाभ हुन्छ भन्ने सोच्नुपर्ने उनले बताए । बिमासंग बिपन्न जोडियो भने प्रत्यारोपण सुबिधा ९ लाख पुग्दछ, उनले भने ।
बिमाबाट जटिल रोगमा राज्यले सुविधा थप्दै जाने पनि उनले बताए । अंग दिनेलाइ निशुल्क बिमा गरिदिने घोषणा गर्नुपर्दछ, उनले भने । अंग प्रत्यारोपणको छुट्टै प्रतिष्ठान हुनुपर्दछ, उनले थपे । क्यान्सको छुट्टै प्रतिष्ठान बनाउनुपर्दछ, उनले भने ।
उनले प्रतिष्ठान बनाउन गाह्रो छैन । १४ प्रतिष्ठान आवस्यक छन् । अहिले ८ वटा प्रतिष्ठान छन् भने । केही वर्षमा २१ प्रतिष्ठान पुर्याउनुपर्छ, उनले प्रश्न गरे, खर्च घटाउन एकीकृत ऐन ल्याइएको हो । संघीय अस्पताल सबैलाइ ५०० बेड बनाउनुपर्दछ, उनले भने । क्षमता तीन गुना बढाउनुपर्दछ, उनले बताए । बिरामी बढ्नु राम्रो होइन, सरकारी अस्पतालमा सेवा राम्रो हुन्छ, उनको भनाइ थियो । पेटस्कानको ब्यबस्था यो वर्ष आउने उनले बताए । बजेट बहुबर्सिय योजना अनुसार आउँछ, उनले भने । आइभिएफको निर्देशिका आज जारी हुदै भएको जानकारी उनले गराए । कानुनी छाताभित्र आउनुपर्दछ आइभिएफ उनको भनाइ थियो ।
जनस्वास्थ्य नियमावलीमा टेकेर निर्देशिका लागु भएको उनले जनाए । २००५ देखि मनाउन सुरु गरिएको यो दिवस उनले भने । स्पेनबाट मनाउन सुरु गरुएको उनले जनाए । नेपालले पनि मनाउन सुरु गरेको छ, उनले भने । ६ जनाबाट अंग पाएको छ । १२ जनले मिर्गौला र ३ जनाले कलेजो प्रत्यारोपण गरिएको छ । हालसम्म १५०० जनाको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी उनले गराए ।
आफ्नो प्रियजन बचाउनुभएको छ । अंगदानको ४ वर्षपछि फल्लोअपमा आउने गरेको छ । राज्यले अंगदान गर्नेलाइ केही सहुलियत गर्नुपर्छ, उनले भने । एक सेकेन्ड फोन उठाउन सकेन भने अंगप्रत्यारोपण सम्भब हुदैन । मस्तिष्क मृत्यु प्रत्यारोपण २७०० बढीले अंगदान गरिसकेका छन् । घरैबाट पनि अंगदान गर्न सकिन्छ, उनले सुनाए ।
अंग कसालाइ दिने भन्ने नियम छ । जसले स्कोर बढी ल्याएको छ, त्यसैले अंग पाउन सक्छ, उनले भने । नेपाललाइ स्पेन बनाउन धेरै दिन कुर्नुपर्दैन, उनले भने ।
कायक्रममा ब्रेड डेथबाट नयाँं जीवन पाएका शिव महर्जनले ब्रेनडेथ भएको अङ्गबाट अंग प्रत्यारोपण गरेको सुनाए । भक्तपुरका संघीय सासद दुर्लभ थापाले अङ्गदान सबैभन्दा ठुलो दान हो । अंग जोगाउनतर्फ पनि लाग्नुपर्दछ भने । सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा बिरामीको भिड लाग्ने गरेको छ । चाडो पालो आइदिए हुन्थ्यो भन्ने धेरै आउछन् । अझ ब्यबस्थित रुपमा अगाडी बढ्नुपर्दछ । प्रत्यारोपण केन्द्रलाइ अझ सजिलोसंग संचालन गर्न सकिन्छ, उनले भने ।
सांसद् प्रेम सुवालले क्षमता विकास गर्नका लागि अघि बढ्नुपर्दछ । दुई हजारले पुग्दैन, १० हजार जनशक्तिको आवस्यकता पर्दछ । ५ देखि १० हजारको संख्यामा खोल्नुपर्दछ भने ।