भोलि भक्तपुरमा मेकअप कार्यशालाः प्रचण्डबाट उदघाटन


साउन २६, २०८२, सोमबार | राति ०७:३२ बजे | 565


भोलि भक्तपुरमा मेकअप कार्यशालाः प्रचण्डबाट उदघाटन

भक्तपुर । इतिहासमै पहिलो र सवैभन्दा ठूलो मेकअप कार्यशाला भक्तपुरमा हुने भएको छ । कार्यशाला भक्तपुरमा हुने भएको हो । कार्यक्रमको उदघाटन पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बाट हुने छ ।
युथ इको नेपालको आयोजनामा कार्यक्रम हुन लागेको हो । सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष आकाश गजुरेलले एसियन बुक अफ रेकर्डमा नाम दर्ता गर्ने लक्ष्यका साथ कार्यक्रम गर्न लागेको जनाए । कार्यशालामा देशभरबाट एक सय भन्दा वढी मेकअप आर्र्टिष्टहरुको सहभागितामा तालिमहरु हुने उनले जनाए । 
कार्यक्रमका मुख्य आकर्षणको रुपमा निःशुल्क मेक अप सेवा, निशुल्क कपाल काट्ने सेवा, निशुल्क छाला परीक्षण, निशुल्क नेल आर्ट तथा मनोरञ्जनात्मक गतिविधिहरु हुने जनाइयो । कार्यक्रमले सौदयकला क्षेत्रमा नेपाललाइ अन्तराष्टिय मञ्चमा चिनाउने उद्देश्य रहेको जनाइयो ।  
 

Comments