गाईजात्रा सुरुः बरु कस्तो छ आजको मौसम ?
साउन २५, २०८२, आइतबार | विहान ०८:५० बजे | 125
भक्तपुर । आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व शनिबार साँंझदेखि सुरु भएको छ । भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट साँंझ घिन्तागिसी नाच (लठी जुधाएर खेलिने नाच) को प्रदर्शन सुरु भएसँंगै जात्रा सुरु भएको मानिन्छ ।
गाईजात्राको विशेष दिन भने आज आइतबार हो । विशेष उल्लासकासाथ आइतबार यहाँं धूमधामकासाथ गाईजात्रा मनाइँंदैछ । देशभरमै आकर्षक मानिने यहाँंको गाईजात्रा हेर्न काठमाडौ उपत्यका र उत्पयका आसपासका हजारौमा जात्रालुप्रेमी आउने गर्दछन् ।
प्रत्येक वर्ष जनैपूर्णिमाको साँंझ तलेजुबाट घिन्तान्गिसी नाचको प्रदर्शन सुरु भएसँंगै जात्रा सुरु हुने परम्परा रहिआएको छ । यस दिन साँंझ तलेजुबाट निकालिने गाईजात्राको घिन्तागिसी नाच नगर परिक्रमा गराइन्छ ।
यसअघि गाइजात्रा नजिकिएसँंगै भक्तपुुर नगर गाईजात्रामय हुन थालेको थियो । गाईजात्रामा प्रदर्शन गरिने साँस्कृतिक विधाहरुको रिहल्सर्ल केही हप्ता अगाडिदेखि नै टोलटोलमा सुरु हुन थालेका थिए । गाईजात्रामा प्रदर्शन हुने विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) लगायतका लागि तयारी, प्रशिक्षण सुरु भएका थिए ।
भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गरेपछि जात्रामा टोलटोलबाट साँंस्कृतिक प्रदर्शन गर्न तयारी तथा प्रशिक्षण सुरु भएका थिए । नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने साँंस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोश्रो र तेश्रो हुने विधाहरुलाई नगद पुरस्कार वितरण गर्दै आएको छ । यो क्रमलाई नगरपालिकाले यो वर्ष पनि निरन्तरता दिएको सावजनिक सूचना प्रकाशित गरी सावजनिक गरिसकेको छ ।
भक्तपुरको गाइजात्राको प्रमुख दिनको आकर्षण ‘घिन्तान्गिसी’ नाच हो । यो नाच दुइदुइ जना मिलेर लठी जुधाएर खेलिन्छ । एउटा टोलीमा पनि दजनौ जोडी यो नाच नाचेर बजार परिक्रमा गर्ने गरिन्छ । साथमा बाजागाजा पनि हुन्छ । यस्ता सयौं टोलीहरु दिनभरि बजारभरि घुमिरहेका हुन्छन् । नगरका एक मृत परिवारको एउटा नाच टोली यसरी निस्केका हुन्छन् । त्यसकारण बजारभरि दिनभरि नाच देखाउने र जात्रा हेर्न आउनेहरुको भीड चल्ने गर्दछ ।
प्रमुख दिनको जात्राको मुख्य आर्कषण भने साँझ हो । साँंझ ताहमचा (बाँंस र परालबाट बनाइएको) गाइ घुमाउनु नै मुख्य आकर्षण हो । यो जात्राको मुख्य दिनको अन्तमा साँंझ पोटरी स्क्वायरबाट निकालिन्छ । यसको परिक्रमा सकेसँंगै त्यसदिनको जात्रा समापन भएको मानिन्छ ।
गाईजात्राका क्रममा नौ दिनमा यहाँं दुई दर्जन थरी (विधा)का सयौं प्याखं (नाच) देखाइन्छन् । यहाँं देवी नाच, भैल नाच, बाँंदर नाच, गाईचा नाच, लुसी नाच, फाकंदली नाच, नागाचा नाच देखाइन्छन् । साथै लाखे नाच , नटु (मथु) वाचा नाच, कंलाली नाच, जंगली नाच, भालु नाच, खिचा नाच, ख्या नाच, कवाँंचा नाचलगायतका नाच पनि देखाइन्छन् । साथसाथै हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलां नाच, झ्या झ्या नाचलगायतका नाच देखाइन्छन् । यी सवै नाचमा फरकफरक रुपमा फरकफरक भेषमा मानिस नै नाचिन्छन् । गाईजात्राका क्रममा एउटै वडाबाट पनि दर्जनौं नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने प्रचलन रहँंदै आएको छ ।
गाईजात्राको अघिल्लो दिन जणैपूर्णिमादेखि आठ रात नौ दिनसम्म यहाँं गाईजात्रा मनाइन्छ । यो क्रममा नगरका विभिन्न ठाउँंमा टोलटोलका नाच, नाटक, प्रहसन आदि प्रर्दशन गरिन्छ । गाईजात्राको दिन नगर परिक्रमा गर्ने रुटका ठाउँंठाउँमा यी नाच, नाटक, प्रहसन नौ दिन लगाएर प्रदर्शन गरिन्छ ।
संस्कृतिविद् डा इन्दुल केसीका अनुसार भक्तपुरमा गाईजात्राका लागि गठेमंगल (घण्टाकर्ण) पर्व सकेसँगै टोलटोलमा तयारी सुरु हुने परम्परा छ । जनैपूर्णिमादेखि सुरु भएको गाईजात्रा कृष्णअष्टमीसम्म आठ रात नौ दिनसम्म नाच प्रदर्शन गरी समापन हुने उनले बताए ।
मौसम
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।
कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ। मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
