१२ वर्षपछि भक्तपुरको चण्डेश्वरीमा जात्रा हुँदै


साउन २४, २०८२, शनिबार | साँझ ०६:१४ बजे | 815


१२ वर्षपछि भक्तपुरको चण्डेश्वरीमा जात्रा हुँदै

भक्तपुर । श्री चण्डेश्वरी अजिमाको १२ वर्षे जात्रा हुने भएको छ । चण्डेश्वरी मचा खल भक्तपुर ५ चासुखेलले शनिबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । 
जात्रा पर्सि सोमबार हुँदैछ । जात्राको तयारी पूरा भएको जनाइएको छ । जात्राका लागि मुख्य बजार सुकुलढोकाबाट चाँंसुखेल जाने प्रवेश मार्गमा स्वागत व्यानर राखिएको छ । साथै ठाउँंठाउँंमा प्रचारार्थ फ्लेक्सहरु पनि टाँंगिएका छन् । 
पत्रकार सम्मेलनमा स्थानीय बृद्ध कृष्ण कमाचार्यले बाजेबराजुबाट सुन्दै आएका जात्राकाबारेका पुराना कुराहरु (भिडियो हेर्न abcdkhabar युट्युवमा जानुहोला) सुनाए । इतिहासविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठले चण्डेश्वरीको इतिहासबारे लामो वेलिविस्तार लगाए । 
पत्रकार सम्मेलनमा भक्तपुर नगरपालिका वडा नं ५ का वडा सदस्य रामप्रसाद त्वानाबासु, पत्रकार सम्मेलन आयोजक खलका अध्यक्ष विजयराम माक, श्री चण्डेश्वरी अजिमा १२ वर्षे जात्रा व्यवस्थापन मुल समितिका संयोजक सानुलाल त्वानाबासुलगायतले जात्राबारे चर्चा गरेका थिए । 
 

Comments