रपपौ रपपौ.. भनेर गाईजात्रामा विकृति नभित्राऔं
साउन २४, २०८२, शनिबार | साँझ ०५:१३ बजे | 395
भक्तपुर । मुक्ति संगीत प्रशिक्षण केन्द्र लैको टौमढी ५ भक्तपुरको आयोजनामा शनिबार भक्तपुरमा गुरु सम्मान तथा दिक्षान्त समारोह २०८२ सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथि बागमती प्रदेशका सांसद् सुरेन्द्रराज गोसाइले ८२ वर्षीय गुरु कृष्णलाल किजूले सम्मान गरे । सो अवसरमा उनले महाकाली नाचका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरी दिक्षित पनि गरे ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र सुवालले परम्परादेखि चल्दै आएको जात्रामा बिकृति भित्राउन दिन नहुनेमा जोड दिए । उनले भने, गाईजात्रामा घिन्तिान्गिसी नाचमा पनि रपपौ रपपौ जेरी आधा पौ भनेर बोल निकाले विकति निकालिएको छ । यो सही होइन । हामीले यसरी जात्रालाई विकृतितिर लानु हुन्न ।
कार्यक्रममा संस्कृतिविद् गणेशराम लाछी, नेपाल चेम्वर अफ कमर्सका केन्द्रिय सदस्य रोशन भोयद्योलगायतले बोलेका थिए । कार्यक्रम रोसिका जधारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमपछि महाकाली नाच पनि देखाइएको थियो ।
