आई एस ओ चितवनद्वारा हस्तलेखन प्रतियोगिता सम्पन्न
साउन २३, २०८२, शुक्रबार | राति ०८:०२ बजे | 320
विश्वराज अर्याल
भरतपुर १९, शारदा नगर टाउन ,
श्रावण, २३ ,शुक्रबार
आइ एसओ चितवनद्वारा आयोजित हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १९ मा रहेको जनप्रिय पब्लिक स्कुलको सभाहालमा सम्पन्न हस्तलेखन प्रतियोगितामा आई एसओ चितवनमा आबद्ध संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता थियो |सो कार्यक्रमको अध्यक्षता आईएसओ चितवनका अध्यक्ष तथा उषा बोर्डिङ स्कुलका प्रिन्सिपल नरेश ढकालले गर्नुभएको थियो। प्रमुख अतिथि प्याब्सन् केन्द्रीय सदस्य एवं मिलन इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल किर्ति निधि अर्याल हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरू प्याब्सन् चितवन जिल्ला कार्यसमितिका सदस्य वेदनिधि अर्याल, आईएसओ चितवनका सचिव प्रशान्त गिरी ,कस्मिक नेपालका कार्यकारी प्रमुख शिव पौडेल हुनुहुन्थ्यो। अतिथिहरूमा सहभागी विद्यालयका प्रिन्सिपलहरू हुनुहुन्थ्यो। हस्तलेखन प्रतियोगितामा २४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। जसमा जनप्रिय पब्लिक स्कुल मा अध्ययनरत प्रतिका थापा प्रथम, उषा बोर्डिङ स्कुल को प्रसुना काफ्ले द्वितीय, जनप्रिय पब्लिक स्कुल को सुव्रिना कुमाल तृतीय ,उषा इङ्लिस बोर्डिङ स्कुल को स्वीकृति अधिकारी सान्त्वना पुरस्कारबाट सम्मानित भएका थिए। सो कार्यक्रमको स्वागत भाषण जनप्रिय पब्लिक स्कुलका प्रिन्सिपल भानुभक्त अर्यालले गर्नुभएको थियो भने सो कार्यक्रमको सहजीकरण जनप्रिय पब्लिक स्कुलका माध्यमिक तहका नेपाली शिक्षक उदयकुमार बिकले गर्नुभएको थियो। सो कार्यक्रमको आयोजक आइएसओ चितवन रहेको थियो भने सह आयोजक जनप्रिय पब्लिक स्कुल भरतपुर १९ रहेको थियो।
