समदर्शीमा बार्षिक समीक्षा तथा विस्तारित बैठक 


साउन २३, २०८२, शुक्रबार | विहान १०:२० बजे | 130


समदर्शीमा बार्षिक समीक्षा तथा विस्तारित बैठक 

भक्तपुर । यस समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा विहिबार महेश्वरीस्थित संस्थाको सभाकक्षमा बार्षिक समीक्षा तथा विस्तारित बैठक सम्पन्न भयो ।
   प्रमुख अतिथि सस्थापक अध्यक्ष श्री हरिराम लवजूले अर्थतन्त्र चलायमान हुन नसक्दा र सबै क्षेत्र शिथिल रहेको अवस्थामा संस्थाले लक्ष्य अनुरुप मुनाफा आर्जन गर्न नसकेको बताउनुभयो । समय संगै आउने उटारचढावलाई आफ्नै दृष्टिकोणले पार लगाउदै संस्था अगाडी बढ्दै जाने बताउनुभयो । संस्थाका अध्यक्ष श्री विश्वबहादुर दुवालले अर्थतन्त्रमा देखिएको समस्याका कारण संस्थाको गतिमा केही ओरालेपन देखिएपनि भोलिका दिनमा फेरी प्रगतिको पथमा सबै मिलेर अगाडी बढ्नेमा विश्वास ब्यक्त गर्नुभयो । यस वर्ष संस्थाको सोचे जस्तो मुनाफा नभएको कारण सबै समिति÷उपसमितिलाई बैठक भत्ता बापतको सुविधा नलिने निर्णय गरेको बताउनुभयो । कार्यक्रमका अतिथि निवर्तमान अध्यक्ष श्री रामकृष्ण मानन्धर, लेखा सु.समिति संयोजक श्री कृष्णराम दुवाल , सल्लाहकार समिति संयोजक श्री विश्वमोहन जोशीले आ–आफ्नो धारणा ब्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष श्री विश्वबहादर दुवालको सभातित्वमा सम्पन्न कार्यक्रममा सचिब श्री लक्ष्मीप्रसाद प्रजापतिले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उपाध्यक्ष श्री रामबहादुर मानन्धरले स्वागत गर्नुभएको थियो । आ.ब.२०८२÷८३ को नीति तथा कार्यक्रम र बजेटको जानकारी सचिब श्री लक्ष्मीप्रसाद प्रजापति र कोषाध्यक्ष श्री प्रमिला रंजितले आ.ब. २०८१÷८२ को समीक्षागत रिपोर्ट लेखा अधिकृत श्री उमा प्रजापतिले प्रस्तुत गनुभयो । सहभागिको तर्फबाट जेष्ठ कल्याण उपसमिति सदस्य श्री राजुराम मुनंकमीले आफ्ना जिज्ञासाहरु ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति,लेखा समिति,सल्लाहकार समिति, उपसमिति ,संस्थापक र  ब्यवस्थापनका कर्मचारीहरु लगायत ५७ जनाको सहभागिता रहेको थियो ।


 

Comments