काठमाडौंमा साउन २५ गते घिन्तान्गिसी कार्यक्रम हुने
साउन २२, २०८२, बिहीबार | साँझ ०५:५४ बजे | 230
काठमाडौं । काठमाडौंको बौद्धमा गाईजात्रा तथा रोपाई जात्रा (घोनाइ) हुने भएको छ । साउन २५ र २६ गते दुई दिन घोनाइ हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइयो । गाईजात्रा तथा रोपाई जात्रालाई तामांग भाषामा घोनाइ भनिन्छ ।
प्रेस विज्ञप्ति
नेपाल विविध धर्म र संस्कृतिको संगमस्थल हो । ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक नगरी बौद्धको रोपाइँ जात्रा हाम्रो साँस्कृतिक विविधताभित्रको पहिचान हो । यो हाम्रो अमूर्त साँस्कृतिक सम्पदा हो । सँस्कृति राष्ट्रको गौरव हो । यस पर्वलाई स्थानीय तामाङ भाषामा ’घोनाई’ भनिन्छ ।
घोनाई पर्व मुख्य गरी जनैपूर्णिमादेखि प्रारम्भ भई गाईजात्रा हुँदै रोपाइँ जात्रामा समापन हुन्छ । जनैपूर्णिमाको दिनलाई स्थानीय तामाङ भाषामा ’घोनाई ड्या’ भनिन्छ । यस दिन विहानै मन्दिर, चैत्य, कुलदेवता र खेत–खेतमा क्वाँटी र तीतेपाती चढाइन्छ र घर–घरमा क्वाँटी खाने गरिन्छ ।
नेवारी भाषामा गाईजात्रालाई ’सापारु’ भनिन्छ । विशेष गरी गाईजात्रा नेवारी समुदायले मनाउने गर्दछन् जुन मृत्युसँस्कारसँग सम्बन्धित पर्व हो । असार महिनाको रोपाइँको काम सकेर फुर्सदिला बनेका किसानहरू रोपाइँको प्रतीकात्मक स्वरूप झझल्को दिने गरी रोपार, बाउसे, हलीको भेषमा अभिनय सहित मनोरन्जन गर्दै रोपाइँजात्रा मनाउने गर्दछन् । अर्कोतर्फ दिवंगतको स्मृतिमा घर–घरबाट रोपार, बाउसे बनाई रोपाइँजात्रामा सहभागी गराउने चलन छ ।
रोपाइँजात्राको उद्भव सम्बन्धी ठोस प्रमाण र आधार प्राप्त हुन सकेको छैन । यद्यपि लोक धारणा र प्रचलित किम्बदन्तीको आधारमा यस जात्राको बारेमा चर्चा गर्नुपर्ने हुन्छ । रोपाईजात्रालाई गाईजात्राको प्रचलित जनश्रुतिको आधारमा व्याख्या गरिएको पाइन्छ । कान्तिपुरका मल्लकालीन राजा प्रताप मल्ल (सन् १६४१–१६७४) ले गाईजात्रा चलाएको हो भन्ने इतिहासलाई आधार मान्ने हो भने सोह्रौं÷सत्रौं शताब्दीदेखि नै रोपाइँजात्रा मनाउन थालिएको प्रतीत हुन्छ । राजा प्रताप मल्लको छोरा चक्रवतीन्द्र मल्लको कलिलै उमेरमा मृत्यु भएकोले पुत्र शोकबाट भावविह्वल आफ्नी रानी अनन्तप्रियालाई सान्त्वना दिन प्रताप मल्लले यो जात्रा चलाउन थालेका थिए भनिन्छ । बौद्धको सन्दर्भमा आफ्ना दिवंगत आफन्तजनको आत्माको शान्तिका लागि घर–घरबाट रोपार, बाउसे बनाई रोपाइँजात्रामा सहभागी गराउने चलन अधावधि चलेको पाइन्छ । राजा प्रताप मल्लले गाईजात्रा चलाएको हो भनिए तापनि जयस्थिति मल्लको समयभन्दा पहिले नै गाईजात्रा शुरु भएको हो भनेर संस्कृतिविद् बताउँदछन् । गाई यात्रालाई जात्राको रूपमा विकास भने कान्तिपुरका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको समयमा भएको हो भनिन्छ । त्यस बेलादेखि गाईजात्रामा बाजागाजाको संस्कार थपिएको हो भनिन्छ ।
हाम्रो मौलिक कला र सांस्कृतिक हाम्रो पहिचान
गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई) मूल समारोह समिति २०८२ कामपा–६, बौद्ध
श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा गठित गाईजात्रा तथा रोपाईजात्रा (घोनाई मूल समारोह समिति २०८२ द्वारा तपसिलका विधाहरुमा पुरस्कारको व्यवस्था गरिएको छ ।
१० हल गोरु प्रथम, द्वितीय, तृतीय र सान्त्वना । १०,०००÷७,०००÷५,०००÷२५००
२) युवा बाउसे, (प्रथम, द्वितीय, तृतीय र सान्त्वना १०,०००÷ ७,०००, ५०००, २५००
३। युवा रोपार, (प्रथम, द्वितीय, तृतीय र सान्त्वना। १०,०००० ७,०००, ५,००० २२५००
४) बाल रापार, (प्रथम, द्वितीय, तृतीय र सान्त्वनः १०,०००÷ ७,००० ५,०००÷ २५००
५) बाल बाउसे, (प्रथम, द्वितीय, तृतीय र सान्त्वना १०,०००÷ ७,०००÷५,००० २५००
६ व्यंङ्ग्य, (प्रथम, द्वितीय, तृतीय र सान्त्वना) १०,०००÷७,०००÷५,००० २५०८
७ हास्य प्रथम, द्वितीय, तृतीय, सान्त्वना। १०,०००÷७,०००÷५,००० २५००
८) युवा लाखे, (प्रथम, द्वितीय, तृतीय र सान्त्वना १०,०००÷७,००० ५,०००÷२५००
९) वाल लाखे, प्रथम, द्वितीय, तृतीय र सान्त्वना । १०,०००÷७,००० ५,००० २५००
१०) झांकी, (प्रथम, द्वितीय, तृतीय र सान्त्वना १०,०००÷७,०००÷५,०००÷३५००
११) घोडा, (प्रथम, द्वितीय, तृतीय र सान्त्वना) १०,०००÷७,०००÷५,०००÷२५००
१२। विद्यालयहरु, प्रथम, द्वितीय, तृतीय र सान्त्वना१०,०००÷७,०००÷५,००० २५००
१३। घोनाई मौलिक नाच, (प्रथम मात्र) १०,०००÷
