दास मानसिकता
माघ १०, २०७७, शनिबार | विहान ०९:०० बजे | 30
तुल्सी केशरी प्रजापति
समान दृष्तिकोण राख्ने एउटा सहकारी छ । त्यो सहकारीमा विश्वको बहादुर थान्ने व्यक्ति पनि थियो । बिद्यार्थीकालमा क्रान्तिकारी बनेका पछि सैद्धान्तिक विचलन र नैतिक स्खलन भएपछि ती व्यक्ति आफ्नो कर्मथलो बिद्यालयलाई बनाए तर त्यहाँपनि खासै मानसम्मान नपापछि सहकारी तिर लागे । सहकारीमा कोभिडका कारण यसपाली साधारणसभा हुलमुल र भिडभाड गरी मनाउन नपाइने साथै नयाँ नेतृत्व चयन गर्ने चुनाव पनि गर्नुपर्ने थियो । व्यवस्थापक र नेतृत्व लिने व्यक्तिहरुको कुराकानी भयो । निवर्तमान अध्यक्ष हुनेले परम्परा अनुसार चलि सबै मिलेर कसैलाई निषेधको राजनीति नगरी कार्य गर्नु पर्ने कुरा भयो । निवर्तमान हुने अध्यक्षले सहकारी जस्तो पवित्र संस्थामा सबै मिलेर सहकार्य गरी अगाडि बढ्नुपर्ने स्थानमा निर्वाचनमा पदको लागि झैझगडा उचित नभएकोले सचेतताका साथ सबैको सहयोगमा साधारणसभा र निर्वाचन सम्पन्न भयो । तर कालो मन भएका आफुलाई व्यवस्थापक र प्रबन्ध निर्देशक भनि हिड्ने गरेको व्यक्तिको अगाडि सत्यतथ्य कुरा राख्ने नसक्ने विश्वका बहादुर भन्ने व्यक्तिको दास मानसिकताले संस्थाको परम्परा निवर्तमान राख्ने कार्य भत्काउने कार्य भयो । हुन त त्यो कालोमन भएका व्यवस्थापकले पहिला नै चाल बुनेर सत्यतथ्य बोल्नेहरुलाई पाखा लगाउने कुरा रेष्टुराँमा बस्दा नै निवर्तमान हुने अध्यक्षले निषेधको राजनीति नगर्न व्यक्त गरेकोमा होइन भनेको थियो तर अहिले पुष्टि भयो कि उसलाई मन नपार्ने सबै हटायो । किनकी निवर्तमान हुने अध्यक्षले संचालक समितिको बैठकमा सहकारी सिद्धान्त र मुल्य मान्यता भएका कुराको विरोध गर्दा व्यवस्थापकसंग बैठकमै बाज्जाबाज भएको थियो । सत्य तितो भनेझै सत्य बोल्नेहरुलाई व्यवस्थापकले पाखा लगाउने स्वभाविक भयो । अहिले संचालक समितिमा बसेका सत्यतथ्य बोल्न नसक्नु नै दास मानसिकताको परिणाम भनेर अठ्याउन अपठ्यारो नहोला । दास मानसिकताले गर्दा डराउने र अरुको अगाडि झुक्ने गर्दा संस्था स्वस्थ रुपमा अगाडि नबढ्ने निक्र्यौल गरी निर्वतमान अध्यक्ष हुनेले निवर्तमानबाट राजिनामा दिए । दासबाट मुक्त हुन संघर्ष नै एक मात्र उत्तम उपाए हुन सक्छ । त्यसैले हुँदैन विहान मिरमिरे तारा झरेन नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए साथै क्रान्ति बिना शान्ति आउँदैन कविता मनन गर्दै दास मानसिकताबाट मुक्त हुन संचालक समिति तयार हुनु पर्छ । अहिले देशको परिस्थिति पनि भारतीय विस्तारवादका दलाल नेताहरुको दास मानसिकताका कारण प्रधानमन्त्रीले संसद विघटन गरी नयाँ जनादेशको लागि चुनावमा जान बाध्य पारेको अवस्था सिर्जना भएको अनुमान गर्न सकिन्छ । त्यसैले पद र पैसाको लोभले दास मानसिकता पैदा हुन्छ र पद र पैसाको लोभ त्यगेमा दास मानसिकताबाट मुक्त भई सत्यको निम्ति संघर्ष गर्न सकिन्छ । धन्यवाद ।