शंकर स्कूलमा शंकर हाटबजार
साउन १९, २०८२, सोमबार | विहान १०:०१ बजे | 590
भक्तपुर । सूर्यविनायक ४ भक्तपुर दधिकोटमा अवस्थित शंकर नेशनल स्कुलले परीक्षाफल प्रकाशनसँगै हाटबजार आयोजना गरेको छ । हरेक महिना कक्षामा गरिएका सैद्धान्तिक सिकाइलाई नानीबाबुहरूको सहभागितामा प्रयोगात्मक तरिकाले विभिन्न क्रियाकलापहरू गर्दै आएको छ । यसैसँग जोड्दै परीक्षाफल प्रकाशनसँगै कक्षा १ देखि कक्षा ७ सम्मका नानीबाबुहरू आआफ्नो सदनको प्रतिनिधित्व गर्दै विद्यालयमै शंकर हाटबजार लगाएका थिए उक्त हाटबजारमा विभिन्न तरकारीहरू आआफ्नो स्टलमा राखी बिक्री वितरण गरेका थिए । र यो अभ्यास प्रयास नानीबाबुहरूको लागि नौलो अनुभव पनि थियो। आठवटा स्टलमा विभिन्न प्रकारका तरकारीहरू बिक्री वितरण गरेका थिए । हरेक स्टलमा रहेका नानीबाबुहरुलाई सहयोगका लागि एक एक जना शिक्षक हुनुहुन्थ्यो भने सम्पूर्ण बिक्री वितरण, बजारीकरण, तौल लिने, बिल तयार गर्ने, प्याकिङ गर्ने,र सामग्री संकलन गर्ने, हस्तान्तरण गर्ने र कारोबारको हिसाब राख्ने लगायतको कार्यहरू नानीबाबुहरुले नै गरेका थिए यी यस्ता व्यवहारका सिकाईले सिकाई अझ उपलब्धी हुने र यो हाटबजारबाट सहभागी नानी बाबुहरूले गरेका क्रियाकलापबाट समाज, आर्थिक कारोबार बजार, ग्राहक, पेशाको सम्मान, तौल, नाफा नोक्सान, बजारीकरण, व्यवहार ,बोलीचाली र प्रतिस्पर्धाका बारेमा ज्ञान र जानकारी प्राप्त गरेका र हाटबजारको चलन, यसको महत्व र हाटबजारको प्रभावबारे पनि विद्यार्थीहरूले ज्ञान पाएका विद्यालयका प्रिन्सिपल सरण चौलागाईंले बताउनुभयो साथै हरेक हप्ता विषयसँंग जोडेर यस्ता क्रियाकलाप गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
.jpeg)