एक राते दुई दिनको स्काउट क्याम्प सम्पन्न


साउन १८, २०८२, आइतबार | विहान १०:२९ बजे | 480


एक राते दुई दिनको स्काउट क्याम्प सम्पन्न

प्रसादी स्काउट ट्रूप र ग्लोबल स्काउट ट्रूपले सयुक्त रुपमा एक रात दुई दिनको स्काउट क्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त क्याम्पमा ५० जना स्काउटको सहभागिता रहेको थियो। क्याम्पको सुरुवात साँझको समयमा गरिएको थियो, जहाँ स्काउटहरूले आफ्नो टेन्टहरू आफैंले गाड्ने अभ्यास गरे। त्यसपछि टोलीगत रूपमा साहसिक खेलकुद तथा अनुशासनबारे विविध कार्यक्रमहरू संचालन गरियो। साँझको क्याम्पफायर कार्यक्रममा स्काउटहरूले नाटक, गीत, जोक्स, र सांस्कृतिक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा देखाएका थिए। रातको समयमा स्काउटहरूले पालो पालो गस्ती (ड्युटी) गरे, जसले उनीहरूको जिम्मेवारीबोध र सतर्कता अभिवृद्धि गर्‍यो। बिहानको समयमा शारीरिक व्यायाम, धर्मसभा,झन्डा फहराउने कार्यक्रम, hiking तथा समापन सत्र सम्पन्न गरिएको थियो। क्याम्पमार्फत स्काउटहरूमा आत्मनिर्भरता, टोली भावना, नेतृत्व क्षमता र प्रकृतिप्रतिको माया झनै गहिरिएको देखिने कुरा समापन कार्यक्रमका प्रमुख अतिथी पबन कुमार बल्लले बताउनुभयो।किशोर-किशोरीहरूमा नेतृत्व, आत्मनिर्भरता र सामाजिक चेतना विकास गर्ने एक प्रभावकारी माध्यमको रूपमा यस स्काउत क्याम्प सफल भएको बताउनुभयो। स्काउट क्याम्प केवल रमाइलोका लागि नभएर जीवनोपयोगी शिक्षा प्रदान गर्ने एउटा व्यावहारिक प्रशिक्षण केन्द्र हो। यस्तो क्याम्पमा सहभागी स्काउटहरूलाई टेन्ट गाड्ने, खाना पकाउने, प्राथमिक उपचार, दिशानिर्देशन, अनुशासनमा बस्ने जस्ता सीपहरूको अभ्यास गराइन्छ। मध्यपुर थिमी नगरपालिकाका स्थानिय स्काउट कार्यलयका प्रमुख आयुक्त तुल्सि हरी प्रजपतिले भन्नुभयो, "यस्ता क्याम्पले विद्यार्थीहरूमा व्यवहारिक सीप र जीवन उपयोगी ज्ञान दिन्छ। यो उनीहरूको समग्र व्यक्तित्व विकासका लागि आवश्यक छ। क्याम्पले बालबालिकाहरूलाई नेतृत्व क्षमता, समूहमा सहकार्य गर्ने कला, समय व्यवस्थापन, समस्यासँग जुध्ने साहस, र सामाजिक उत्तरदायित्व बोध गराउँछ। यस्तै प्रकृतिसँगको नजिकको सम्बन्धले उनीहरूमा पर्यावरणप्रति माया र संरक्षण भावना समेत बढाउँछ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई क्याम्प प्रमुख जीवन सुवाल धन्यवाद व्यक्त गर्दै क्याम्पले विद्यार्थीलाई किताबको ज्ञान मात्र होइन, व्यवहारमा उतार्न सकिने सीपहरू प्रदान गर्छ। क्याम्पमा देखिएको आत्मविश्वास, अनुशासन र मिलेर काम गर्ने भावनाले नै यसको महत्त्व देखाउँछ। आजको डिजिटल युगमा जहाँ बालबालिका घरभित्र सीमित भइरहेका छन्, त्यस्ता क्याम्पहरूले उनीहरूलाई प्रकृतिसँग जोड्ने, व्यवहारिक जीवन सिकाउने र नेतृत्व गुण विकास गर्ने माध्यम बनेको छ। कार्यक्रममा स्काउटर हरि गोबिन्द श्रेष्ठ, स्काउटर शुशान्त नयाँजु , पूनम नगरकोटिले आ आफ्नो बिचार ब्यक्त गर्नुभयो। उक्त क्याम्पको समापन सहायक क्याम्प प्रमुख निर्जला प्रजपतिले गर्नुभएको थियो। कार्यक्रममा उत्कृष्ट पाट्रोलहरुलाई पदक समेत प्रदान गरेको र नेपाल स्काउटको पाठ्यक्रम अनुसार दोश्रो तह पूरा गरेका स्काउटलाई तेश्रो तहको अन्नपूर्ण ब्याज समेत प्रदान गरि दिक्षान्त समारोह समेत सम्पन्न गरिएको थियो।

Comments