नवयुग उद्यमशाला कायक्रम सम्पन्न


साउन १७, २०८२, शनिबार | दिउँसो ०२:२७ बजे | 150


नवयुग उद्यमशाला कायक्रम सम्पन्न

काठमाडौं । समद्ध नेपाल सुखी नेपालीका लागि साझा अभियान भन्ने नाराका साथ राजधानीमा शनिबार नवयुग उद्यमशाला कायक्रम सम्पन्न भएको छ । कायक्रममा विभिन्न व्यक्तित्वहरुले आआफनो धारणाहरु राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष घनश्याम पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो । 
पृष्ठभूमिः
स्वदेशभित्रै रोजगारीको अवसरको अभावका कारण नेपालबाट प्रत्येक वर्ष लाखौंको संख्यामा युवाहरु विदेशिनु परिहेको छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई हालसम्म ६५ लाख भन्दा बढी युवाहरु रोजगारीको सिलसिलामा भारत बाहेक विश्वका विभिन्न मुलुकहरुमा पुगेका छन्। रोजगारीका लागि भारत जाने युवाको संख्या पनि जोड्ने हो भने यो संख्या निकै ठूलो हुनजान्छ । यी युवाशक्तिले विदेशमा कमाएर पठाएको सय खर्बभन्दा बढी विप्रेषणले प्रतिकूल परिस्थितिमा समेत मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। नेपालमा उद्योग तथा कलकारखानाहरु बढ्नु पर्नेमा विविध कारणहरुले गर्दा भएका उद्योगहरु समेत बन्द हुँदै गएका छन् भने सक्रिय श्रमशक्ति विदेशमा पलायन हुँदा कृषी उत्पादनमा ह्रास आउन थालेको छ। गाँस, बास र कपास जस्ता हाम्रा आधारभूत आवश्यकता परिपूर्तिका लागि हामी अन्य राष्ट्रहरुप्रति निर्भर हुन बाध्य हुँदै गएका छौं। हामीले विदेशमा रगत पसिना बगाई कमाएर पठाएको रकम हाम्रै आधारभूत लगायत अन्य आवश्यकता परिपूर्ति गर्न विदेशमा नै पठाउनु पर्ने बाध्यता श्रृजना भएको छ। यता विकास निर्माणका लागि राज्यले २०८१ कार्तिकसम्ममा आन्तरिक तथा बाहृय दुबै गरी कूल रु २५ खवं १८ अर्ब ५ करोड ऋण उठाएको छ जसको भार प्रति व्यक्ति उपर ८५ हजार ५ सय १० रुपैयाँ पर्न जान्छ। यसरी हामी र हाम्रो मुलुक आर्थिक रुपमा गरवीको दुष्वक्रभित्र फसिरहेका छौं। देशभित्रै उद्यमशीलताको विकास गरी उद्योग तथा कलकारखानाको स्थापनामार्फत् स्वदेशी उत्पादन नगरेसम्म र खासगरी वैदेशिक रोजगारीबाट फर्केका युवाशक्तिले विदेशमा सिकेका ज्ञान, सीप, अनुभव तथा कमाई यसका लागि प्रयोग नभएसम्म हामी यो गरिवीको दुष्चक्रबाट उम्कन कठीन हुने वास्तविकतालाई हामी सबैले मनन गर्न जरुरी भएको छ। यसको लागि पूँजी निर्माण र उत्पादनमुलक क्षेत्रमा लगानी गरी आयातमुखि वर्तमान अर्थतन्त्रलाई बदल्न जरुरी छ।
कम्पनीको परिचय र उद्देश्यः
नवयुग ईन्भेष्टमेन्ट कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित संस्था हो। यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वरमा रहेको छ। उद्यमशीलता मार्फत् राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउने व्यापार, व्यवसाय लगायत स्वदेशी उत्पादनमूलक उद्यम, उद्योग तथा कलकारखानाको स्थापना र विकासका लागि आवश्यक पर्ने पूँजी संकलन गरी लगानी मार्फत मुनाफा आर्जन तथा वितरण गर्ने ध्येयका साथ यो संस्थाको स्थापना भएको हो। यस कम्पनीको उद्देश्यहरु वैदेशिक रोजगारीबाट आर्जित विप्रेषणलाई प्राथमिकतामा राख्दै स्वदेशभित्रै छरिएर रहेका नेपाली नागरिकहरुका साथै प्रवासमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिक, रिटर्नी तथा आम लगानीकर्ताहरुको पूँजीलाई एकीकृत गरी नेपालको उद्यमशिलता तथा रोजगारी श्रृजना गर्ने, कृषि तथा पशुपालन, कृषि वन, पर्यटन, उर्जा तथा जलविद्युत, भौतिक पूर्वाधार, नेपाली नेपाली उत्पादनको नियर्यात, सूचना प्रविधि तथा अनलाईन मार्केटिङ्क, शिक्षा तथा प्राविधिक स्कूल, साना तथा मझौला उद्योग लगायत उद्यमशीलतामा आधारित उत्पादनमूलक सेवा तथा व्यवसायको स्थापना तथा विकास एवं बजारीकरणका क्षेत्रलाई अगाडि वढाउने रहेको छ । 

Comments