कमलबिनायकमा बजार अनुगमनः यस्तो देखियो अवस्था
साउन १५, २०८२, बिहीबार | साँझ ०५:५२ बजे | 170
भक्तपुर, १४ श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायक ३० वटा खाद्य, फेन्सी र जुत्ता पसलहरुमा बजार अनुगमन भयो । अनुगमनमा अधिकांश पसलहरु नविकरण नगरी संचालन गरेको देखियो ।
अनुगमनमा एस एण्ड एस स्टोर तीन दिन भित्र नविकरण गर्न, गोदाम सरसफाई र व्यवस्थित गर्न, म्याद नाघेको मैदा २६ केजि जफत गरी नष्ट गरियो भने प्याकेजि· सामान खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न साथै खैरो चना लेवल नभएकोले तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित गराउन निर्देशन दियो ।
जेवि स्टोरमा दर्ता नविकरण प्रमाणपत्र नभएकोले तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन र पेटीमा सामान नराख्न निर्देशन दिनुभयो ।
नरेन किराना स्टोरमा दर्ता नविकरण प्रमाणपत्र नभएकोले तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन, म्याद नाघेको सामानहरु अल्पाइन चकलेट १ पाकेट, पोष्टकारी १ पाकेट नष्ट गराएर र पेटीमा सामान नराख्न निर्देशन दिनुभयो ।
न्यू मोबाइल रिपेरिङ सेन्टर ०७६÷०७७ पछि नविकरण नगरेकोले नविकरण गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन, लुनिभा व्युटि पार्लस तीन दिन भित्र दर्ता गर्न निर्देशन दियो । त्यस्तै कमलबिनायक ह·क· बजारमा रहेको फेन्सी, कपडा, जुत्ता पसलहरु २० वटामा अधिकांश नविकरण नभएको र दर्ता नभएकोले दुई वटा जति दर्ता र ५ वटा जति नविकरण गरेको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा सदस्य ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्यान्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक चिरंजिवी नेउपाने, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासुको सहभागी थियो ।