भक्तपुर अस्पतालमा मृगौला रोगको उपचार सम्बन्धि डाईलासिस सेवाको सुरु


साउन १४, २०८२, बुधबार | दिउँसो ०१:०० बजे | 170


भक्तपुर अस्पतालमा मृगौला रोगको उपचार सम्बन्धि डाईलासिस सेवाको सुरु

भक्तपुर । भक्तपुर अस्पतालमा मृगौला रोगको उपचार सम्बन्धि डाईलासिस सेवाको सुरु भएको छ । बिहिवार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक कार्यक्रमकाबिच उक्त सेवाको सुरु गर्नु भएको हो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर प्रादेशिक अस्पतालमा ५ बेडको डाइलासिस सेवाको सुभारम्भ भएको हो ।

मन्त्री थापामगरले भन्नू भयो “हजारौँ मिर्गौला पीडितका आँखामा आशा ल्याउने आजको दिन, भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ । यो स्वास्थ्य सुविधा पहुँचको हक हो—यो हाम्रो प्रतिबद्धताको एउटा प्रगाढ अभिव्यक्ति हो।” । 

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव डाक्टर सुमित्रा गौतम, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुरेन्द्र भट्ट, भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष शसिजंग थापालगायतको उपस्थिति रहेको थियो ।

Comments