यो संसार परिवर्तनशिल ....


साउन १४, २०८२, बुधबार | दिउँसो १२:४५ बजे | 105


यो संसार परिवर्तनशिल ....

कुमार लघु,ख्वप

भाइ बहिनीहरू नमस्कार , यो संसार परिवर्तनशिल छ। कहिले नभुल्नुस् यो संसार परिवर्तन गर्न सकिन्दै कि भनेर दोधारमा नलाग्नुस् । तपाईको परिश्रमले यो संसारलाई परिवर्तन गर्न लाग्नुस् अवश्य यो संसारलाई परिवर्तन गर्न सकिन्छ । संसार परिवर्तन कम मेहनतले परिवर्तन गर्न जुगजुग लागिपरेका पर्न सक्छ तर अवश्य परिवर्तन हुन्छ । संसारलाई हर्ने आँखा फरक फरक छ । एउँटा गित छ काँडालाई फूल देखेर मलजल गर्दा गर्दै काँडा नै फूल भएर सुवास छरेर छर्न सफल भएका कथाहरू, गित छन्। यो गित गाउने आनी बहिनी हुन् । सत्य पथमा लाग्नुपर्छ अपरिवर्तनशिल केही छैन् । त्याे बाजेको समय होईन् । त्यसैले लाग्नुपर्छ सम्भव छ। आफैले परिवर्तनको वाटाेमा लाग्नु नै परिवर्तनको सफलताको सिँढी हो। चानचुने मेहनतले संसार परिवर्तनले सम्भव असम्भव होईन् परिवर्तनको लागि आजैदेखी लागे सम्भवको ढोका अवश्य खोल्छन् । एक्लैले सम्भवमा नैराश्यता आउन दिनु भएन् सारा संसारका जनमानसलाई विचार प्रबाहमा लागे पारेमा अवश्य सम्भव छ । दर्शनले यो संसार अपरिवर्तनशिल भनेको नै छैन् भनेर सन्देश दिएको यत्रतत्र लेखेर मानवमा परिवर्तनको निम्ति तलिन बनाएको छ । कहि कतै स्वार्थी तत्वले रेडियो टेलिभिजनमा हवा फैलाएका छन् । यो संसार दिनानु दिन परिवर्तन भएर चन्द्रममा वस्ती वसाई सार्ने हेतुले वैज्ञानिकहरू योजनामा लागेको तपाईं र हाम्रो आँखा समू कति द्रोन र यानहरू फेस बुक्मा देखा परेका छन् । मानि लिनुस् एलन मस्क हो लागेको योजनाकार है । मेरो विचारमा संसारलाई परिवर्तन गर्दै ल्याईरहेकाछन् । ढिलो चाँडो संसार परिवर्तन भएर मानिसले जे चाहेको हो त्यो अवश्य प्राप्त हुनेछ । समय लाग्ला । संसार परिवर्तन गर्नलाई सबैको साथ सहयोग र योजना नेतृत्व-कर्ता अगुवा लगावट निर्देशक चाहिन्छ । संसार परिवर्तन गर्न सकिन्दै भने ध्वास विचार प्रवाह गर्ने असत्य कुराहरू बाेलेर हिड्ने घाँस खाने जनावरहरू छन्। आत्माबल भित्री हृदयदेखी जागरणमा आए त संसारलाई परिवर्तन गर्न सक्छ ठोकुवा साथ आउँछ । चुप लागेर दैनिक कर्म क्षेत्रमा लागेर मात्र सम्भव छैन् । सकारात्मक सोच र अगुवाई चाहिन्छ। संसारका मनुवाहरू संसारलाई परिवर्तन गर्न लागिपरेका हुन् । कसैले पनि संसारलाई परिवर्तन नगर्न लागेको छैन् । जान अन्जानमा मानिसहरू परिवर्तन लागेको देखिन्छ। प्रगती नचाहने यथास्थितीमा समाजलाई राख्न चाहानेहरू अपरिवर्तनशिलको कुरा ल्याएर मानिसलाई दोधारमा राख्न चाहेको हुन्छ । संसारमा दु:खी कही वन्न चाहानु हुने छैन् , सबैले नै सुखको निम्ति लाग्नु नै परिवर्तनको निम्ति लाग्नु नै परिवर्तनको खुड्किल्लामा चढेको हो । आज साना बाल वच्चाहरू पनि परिवर्तनको निम्ति संघर्षशिल भएर बाधा अड्चनहरूतिर लागेको हुन्छ । अब सानो उदाहरण साना नानी पिजी कक्षामा लागे भने आर्को वर्षमा ऊ नर्सरीको निम्ति दैनिक स्कुल गएर आफ्ना क्षमता कर्मथलोमा लागेको पाएको छु । हो वा होईन् अध्ययन गर्न लाग्नुस् यदि तपाईं पनि हो वा होईन् भनेर अनुसन्धानमा लाग्नु भयो भन्ने हेर्नुस् तपाईं पनि परिवर्तनको निम्ति पाईला चाल्दै हुनुहुन्छ । सबैले परिवर्तनको निम्ति लागे परिवर्तन हुन्छ है भाइ बहिनीहरू कुराले पनि सबैको दिमाग सुस्जित गर्नु आवश्यक छन्। नेता कार्यकर्ताहरूले शिक्षा विद्हरूले,विध्यार्थीहरूले प्रोफेशरहरू ,योजनाविद्हरूले समाजसेवी ,शिक्षा विद्ले ,महिला तथा जेहेन्दारहरू, वैज्ञानिकहरू,नेता शासकहरू, देशका जनताहरू लागे जिम्मेवार सम्वन्धित व्यक्तिहरू,पुलिस प्रहरी आर्मीहरू, शिक्षक शिक्षिकाहरू,समाज नै लागे र पत्रकारहरू सञ्चार कर्मीहरू लागेमा सम्भव अवश्य छ । अन्तमा भाइ बहिनीहरूलाई यो सन्देश दिएर यहाँवाट विदा लिन चाहान्छु । धन्यवाद २०८२/०४/१४ गते

Comments