कल्पनाको छंगु लँ स्वैच्वंगु मिखा
माघ ८, २०७७, बिहीबार | दिउँसो ०२:४२ बजे | 5
मध्यपुरथिमी । नवप्रतिभाको रूपमा नेपालभाषा संगीत क्षेत्रमा उदाएकी कल्पना श्रेष्ठको म्यूजिक भिडियो प्रिमियर गरिएको छ । ’छंगु लँ स्वैच्वंगु मिखा’ बोलको गीतलाई मध्यपुरमा आयोजित एक कार्यक्रमकाबीच प्रिमियर गरिएको हो ।
काम विशेषले विदेशिएका प्रेमीको पर्खाइमा प्रेमिकाले व्यक्त गर्ने मनोभाव समेटेर तयार गरिएको रोमान्टिक रसको गीतलाई दर्शनवीर शाक्यले रचना गरेका हुन् । संगीतकार विजय कायस्थले संगीत भरेको गीतलाई युवा निर्देशक राजन शाहीले निर्देशन गरेको हो । म्यूजिक भिडियोमा रविन्द्र शाही, रेश्मी महर्जन लगायतका कलाकारहरू देख्छौं ।
भिडियो प्रिमियर गरिएको कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले नगरमा नयाँ कलाकारको उदय हुनु सुखद क्षण भएको बताए । नेपालभाषाको कलाकारिता र संगीत क्षेत्र विकास गर्नमा आफुले पनि योगदान दिने आश्वासन दिए ।
हुनपनि देशकै गहनाको रूपमा परिचित कलाकारलाई प्रोत्साहन दिनुपर्ने देखिन्छ । साहित्य, संगीत तथा कलाकारमार्फत समाजलाई सकारात्मक ढंगले परिवर्तन गर्नसकिने वास्तविकता हो । यसलाई सरकारले पहिचान गर्नुपर्ने देखिन्छ । कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले सार्वजनिक गरिएको म्यूजिक भिडियोमा टिप्पणी गर्दै पछिल्लो समय गुणस्तरिय म्यूजिक भिडियो निर्माण भइरहेको बताए । गुणस्तरसँगै व्यावसायिकतामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा म्यूजिक भिडियोलाई यूट्यूबमा हेर्न सकिने अबगत गराइएको थियो ।