चन्द्रकमल एक थुँंगा पुस्तक सार्वजनिक


माघ ८, २०७७, बिहीबार | दिउँसो ०१:४४ बजे | 30


काठमाडौं । कृषि विकास बैंक लिमिटेडका पूर्व निमित महाप्रबन्धक चन्द्रमान प्रधानद्धारा लिखित आत्मकथन चन्द्रकमल एक थुंगा नामक पुस्तक विहीबार काठमाडौंमा एक समारोहवीच विमोचन गरिएको छ । कृषि विकास वैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले पुस्तकको विमोचन गरेका हुन् ।
[[img2]]
पुस्तकमा लेकख प्रधानले कृषि विकास वैंकलगायतका कार्यालयहरुमा काम गर्दाको अनुभब समेटिएका छन् । पुस्तक एक सय ८० पृष्ठको छ । पुस्तक ३७ वटा शीर्षकहरुमा लेखिएका छन् । पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ पत्रकार भैरब रिसाल, डा इन्दुल केसी, लेखक प्रधानलगायतका प्रकाशित पुस्तकका विविध पक्षकाबारेमा बोलेका थिए । पुस्तकको मूल्य पाँंच सय राखिएको छ ।
यसअघि सोही कार्यक्रममा बैंकद्धारा प्रकाशित एक सय ११ औं साहित्यिक पत्रिका समष्टिको पनि विमोचन गरिएको थियो । बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा ती पुस्तकहरु विमोचन गरिएका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

Comments