ख्वप साकोसका धा बाजा कलाकारको पिदानेगु कार्यक्रम सम्पन्न


साउन १२, २०८२, सोमबार | विहान ११:३३ बजे | 235


ख्वप साकोसका धा बाजा कलाकारको पिदानेगु कार्यक्रम सम्पन्न

ख्वप साकोसको आयोजनामा ३ महिने धा बाजा प्रशिक्षणको दीक्षित गर्ने कार्यक्रम हिजो सम्पन्न भयो | हिजै ३६ जना प्रशिध्यार्थी हरुलाई नास: द्यो कहाँ गइ दीक्षित गरिएको थियो |कार्यक्रम पश्चात् धा बाजाका कलाकारहरुले धा बाजा बजाइ ब्यासी ,चोछे, त्रिपूरा सुन्दरी, भक्तपुर दरवार एरिया, साकोथा र टौमढि परिक्रम गरेका थिए |प्रशिक्षण बारे जिज्ञासा राख्दा ख्वप बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष राजकुमार लघु भन्नू हुन्छ | संस्थाको वार्शिक कार्य योजना र भक्तपुर नपाको एक सहकारी एक सम्पदा भन्ने निर्देशन अनुसार धा बाजा प्रशिक्षण आयोजना गरेको हो | प्रशिक्षण बाजाका गुरु बिकु नारायण चोकामिले दिनु भएको हो |आबश्यक्ता अनुसार अन्य बाजा पनि प्रशिक्षण दिन्दै जान्ने बताउनु भयो | कार्यक्रम संयोजक कृष्ण प्रसाद आचार्यले सांस्कृतिक परम्परा अनुसार प्रशिक्षण चालू राखेको बताउँदै सहयोगी हातहरुमा धन्यबाद दिन्दै पुर्खाले सिर्जेको सम्पती, हाम्रो कला सस्कृतिक भन्ने अबधारणालाई टेवा दिन अन्य क्रियाकलाप अगाडि बढाउने वचन दिनु भयो |कार्यक्रममा ख्वप साकोस संचालक समितिका पधाधिकारी र कलाकारका अभिभावकहरुको उपस्थिती रहयो |

Comments