आम्दानी र खर्चलाई विश्लेषण गरि बजेट निर्माण गर्नुपर्ने


साउन ११, २०८२, आइतबार | विहान १०:०४ बजे | 120


आम्दानी र खर्चलाई विश्लेषण गरि बजेट निर्माण गर्नुपर्ने

भक्तपुर, साउन 

गुरु गणेश बचत तथा ऋण सहकारी सस्थाको आ.ब. २०८२/०८३ सालको बार्षिक नीति तथा बजेट तर्जुमाबारे अन्तरक्रिया कार्यक्रमका अध्यक्ष कृष्ण राम कासिछ्वाको सभापतित्वमा सम्पन्न गरियो ।

कार्यक्रममा अतिथि सल्लाहकार राम कृष्ण प्रजापतिले देशको परिस्थिति आर्थिक मन्दी र सहकारीको २०८१/०८२ को समिक्षा गरि विभिन्न कार्यक्रम तय गरि श्रोत  र उपयोग , आम्दानी र खर्चलाई विश्लेषण गरि बजेट निर्माण गर्नुपर्ने देखिएको बताउनुभयो । उहाले मूल नारा आदर्श समाज निर्माण हुने गरि कार्यक्रमहरू बनाउन सके सुनमा सुगन्ध हुने बताउनु भयो । उहाले समाजमा दुख कष्ट, लोभ भएसम्म राम्रो समाज बनाउन नसक्ने भएकोले त्यसको लागि जनचेतना ल्याउने कार्यक्रम सहकारीले बनाउनु पर्ने बताउनु भयो । त्यस्तै संचालक समिति, लेखा सुपरिवेक्षण समिती र उपसमिति सबै एकाधिकार भै काम गर्नुपर्ने बताउदै सस्थाको अहितमा कसैले काम गर्न नसक्ने बताउनु भयो ।

कोषाध्यक्ष एब बजेट तर्जुमा उपसमितिका संयोजन तुलसी केशरी प्रजापतिले देशको खर्बौ ब्यापार घाटाले देशलाई परनिर्भर बढाएको बेला देशमै स्वरोजगार र ब्यापार ब्यबसाय वृद्धि हुने बजेट बनाउन आबश्यक भएको बताउनु भयो । हाम्रो जस्तो कृषि प्रधान देशमा मल अभाव , उन्नत , बिउबिजन र आधुनिक कृषि औजारको कमिले खेत खलिदानहरू बाझो र युवा जति बिदेशिएकोले युवा लक्ष्यित कार्यक्रम बजेट बताउन आबश्यक छ भएकोले सोही अनुसार बजेट निर्माण गरेको बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य श्रीप्रसाद प्रजपती, सचीव सत्यराम ग्यामरूले कार्यक्रम सन्चालन, लेखा समितिका





सयोजक हरि कृष्ण प्रजापति, संचालक सदस्य राम कृष्ण लवजु, चम्पा ज्ञामरू, तुल्सिराम प्याठ, सिद्धांत प्रजापति, राजु बजिको, लेखा सदस्य राजन चित्रकार, सीता लक्ष्मी कोजु र प्रबन्धक गौतम कुटुवाजूले वार्षिक नीति तथा बजेट तर्जुमाबारे आ आफ्नो धारणा प्रस्तुत गर्नु भयो ।

Comments