ख्वपले गरयो झण्डै दुई हजार विद्यार्थीलाई स्वागत
साउन ९, २०८२, शुक्रबार | राति ०८:५१ बजे | 300
भक्तपुर । ख्वप मा.वि.÷शारदा क्याम्पस मा.वि.देकोचा भक्तपुरमा शुक्रबार स्कुलमा कक्षा ११ मा अध्ययनको लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको स्वागतार्थ स्वागत र अभिमुखीकरण कार्यक्रम
गरयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितको प्रमुख आतिथ्यतामा स्वागत तथा अभिमुखीकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं स्कुल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, भक्तपुर नगरपालिकाका उपप्रमुख एवं स्कुल व्यवस्थापन समितिकी उपाध्यक्ष रजनी जोशी, ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, माविका प्रिन्सिपल लक्ष्मीप्रसाद कर्माचार्यलगायतले स्वागत गरेका थिए । कार्यक्रममा जानकारी गराए अनुसार विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षा संकायमा गरी झण्डै दुई हजार नयाँं विद्यार्थी भर्ना भएका छन् ।
