नागरिक कम्यूनिटी टिचिङ्ग हस्पिटल लि मा आधुनिक CT Scan सेवा शुभारम्भ


साउन ४, २०८२, आइतबार | विहान ११:०२ बजे | 285


नागरिक कम्यूनिटी टिचिङ्ग हस्पिटल लि मा आधुनिक CT Scan सेवा शुभारम्भ

नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लि., गट्ठाघर नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लि. ले आफ्नो आधुनिक चिकित्सा सेवा विस्तारको क्रममा अत्याधुनिक CT स्क्यान (Computed Tomography Scan) सेवा सञ्चालनमा ल्याएको सहर्ष घोषणा गर्दछ। आज एक विशेष समारोहका बीच यस सेवा शुभारम्भ गरिएको छ। समारोहमा अतिथिको रुपमा बरिष्ठ डा. भगवान कोईराला, डा. भोला रिजाल, डा. अर्जुन कार्की लगायतका चिकित्सकहरुको, को गरिमामय उपस्थितिमा CT स्क्यान मेसिनको उ‌द्घाटन गरिएको हो। साथै कार्यक्रममा हस्पिटल अध्यक्ष राम शरण भण्डारीज्यू, अन्य वरिष्ठ चिकित्सक, व्यवस्थापन टिम, कर्मचारी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो। CT Scan सेवा प्रारम्भ भए संगै भक्तपुर जिल्ला वासि हृदयघाट जस्तो प्राण घातक समस्याकालागि जिल्ला बाहिर जानु पर्ने समस्याको पनि हल हुनेछ । यस एन्जियो सिटीले नागरिक हस्पिटलमा मुटुको सिटी एन्जियोग्राम लगायत अन्य रोगको समयमै पहिचान, निदान र उपचार प्रक्रिया अझ प्रभावकारी र 1 गुणस्तरीय बनाउने विश्वास लिएको छ। यस सेवाबाट विशेषगरी मस्तिष्क, छाती, पेट, हड्‌डी तथा अन्य जटिल स्वास्थ्य समस्याहरुको उच्चस्तरीय परीक्षण सहज रुपमा उपलब्ध हुनेछ । हाम्रो उद्देश्य भनेको समुदायलाई अत्याधुनिक प्रविधिमार्फत सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नु हो। आगामी दिनहरुमा पनि हामी थप आधुनिक सेवा विस्तार गर्दै जानेछौं। आजका दिन सम्म हाम्रो सेवा सुविधाको जानकारीलाई समुदाय सम्म पुर्याउन यहाँहरू ले खेल्नु भएको भुमीका प्रति हार्दिक आभार ब्यक्त गर्दै आगामि दिनहरुमा पनि हाम्रा सेवा, सुविधाहरुलाई समुदाय समक्ष पुऱ्याउन यहांहरुको शसक्त भुमीका रहनेछ भन्ने अपेक्षा गर्दछौं। धन्यवाद। सम्पर्कका लागिः सूचना तथा सञ्चार विभाग नागरिक सामुदायिक शिक्षण अस्पताल

Comments