उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुरको नवनिर्मित भबनको उदघाटन


साउन १, २०८२, बिहीबार | साँझ ०५:१४ बजे | 690


उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुरको नवनिर्मित भबनको उदघाटन

भक्तपुर । उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुरको नवनिर्मित भबनको बिहीबार भक्तपुरमा एक समारोहवीच उदघाटन गरिएको छ । उद्योग, वाणिज्य भूमि तथा प्रशाशण मन्त्रालय हेटौडा नेपालकी मन्त्री सुकमाया तामांगले भबनको उदघाटन गरेकी हुन् । उनले शिलापत्र अनावरण तथा रिवन काटेर भबनको उदघाटन गरेकी थिइन् । 
जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ८ सूर्यविनायकमा रहेको आफनै जग्गामा भबन निर्माण भएको हो । त्यहाँ कार्यालयको चार कितामा गरी कुल तीन रोपनी पाँंच आना एक पैसा क्षेत्रफलको आफनै जग्गा छ । ती जग्गामध्ये एक हजार चार सय स्वायर फिटको क्षेत्रफलमा भबन बनेको हो । यसअघि यो कार्यालय नजिकैको एकतल्ले भबनका थियो । यसअघि त्यहाँं लामो एकतल्ले जीर्ण भबन थियो । त्यसलाई भत्काएर अहिले साढे तीन तल्ले भबन तयार भएको हो । 
बागमती प्रदेश सरकारको बजेटबाट भबन तयार भएको हो । भबनको लागि कुल लागत अनुमान तीन करोड ३१ लाख ३२ हजार एक सय ३६ रुपैयाँं २३ पैसा रहेको थियो । तर भबन अहिले दुई करोड ९५ लाखमा सम्पन्न भएको जनाइएको छ । 
भबन उदघाटन कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डे, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, वागमती प्रदेश सांसद् सुरेश श्रेष्ठ, डा राजेन्द्रमान श्रेष्ठ, धनेश्वरी प्रजापति, भावना श्रेष्ठलगायतका विशिष्ट व्यक्तित्वहरु अतिथिका रुपमा थिए । कायक्रमको सभापतित्व उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले गरेका थिए । कार्यक्रममा कार्यालयका शिक्षक लक्ष्मीप्रसाद कासुलाले धन्यवाद ज्ञापन गरेका थिए । 
 

Comments