भक्तपुर—८ मा देङगूबारे अभिमुखीकरण 


असार ३१, २०८२, मङ्गलबार | राति ०८:०६ बजे | 95


भक्तपुर—८ मा देङगूबारे अभिमुखीकरण 

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ८ लिवाली भक्तपुरको आयोजना मगलबार देङगू रोग सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न वक्ताहरुले लामखुटेको टोकाइबाट हुनसक्ने देङगू रोग लाग्न नदिनका लागि सचेत रहन आग्रह गरे । 
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष केपी कोजू, ख्वप अस्पतालका डाक्टर रत्नसुन्दर लासिवा, नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं ८ का अध्यक्ष लक्ष्मीनारायण कोजू, वडा सदस्य कृष्णलाल किसीलगायतले बोल्नुभएको थियो । अहिले भक्तपुर नगरपालिकाका वडावडामा देङगू रोगबारे अभिमुखीकरण चालू छ ।  
 

Comments