साउन १ गतेदेखि केदारनाथको शिर डोलेश्वरमा साउनी मेला हुने
असार ३०, २०८२, सोमबार | साँझ ०४:३६ बजे | 145
भक्तपुर, असार ३०
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तपुरको केदारनाथको शिर डोलेश्वरमा साउन १ गतेदेखि साउनी मेला सुरु हुने भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गरी १ गते देखि सुरु भई भाद्र ६ गते समापन हुने जानकारी गराइयो ।
मेलाको क्रममा साउन १ गते बिहान ७ बजे चन्द्रविनायक मन्दिर पौखेलबाट डोलेश्वर मन्दिरसम्म कलश यात्रा सुरु हुने जनाइयो । यसको बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाबाट मेला कार्यक्रमको उदघाटन हुने जनाइयो । यस्तै साउन ३ र ५ गते पण्डित. बालकृष्ण अर्यालबाट धार्मिक प्रवचन एवं कलाकारहरुबाट भजनकिर्तन हुने जानकारी गराइयो । मेलाकै क्रममा साउन १० र १२ गते सुवी मानवज्यूबाट धार्मिक प्रवचन एवं कलाकारहरुबाट भजनकीर्तन हुने जानकारी गराइयो । साउन १७ र १९ गते धार्मिक प्रवचन एवं कलाकारहरुबाट भजनकीर्तन हुने, १७ र १९ गते पनि भजन कीर्तन हुने जनाइयो । साथसाथै साउन २४ र २६ गते पंण्डित जनार्दन पौडेलबाट धार्मिक प्रवचन एवं कलाकारहरुबाट भजनकिर्तन हुने जनाइयो । साउन ३१ गतेबाट धार्मिक प्रवचन एवं कलाकारहरुबाट भजन कीर्तन हुने पनि जनाइयो । भाद्र ६ गते वार्षिक उत्सव तथा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाबाट साउनी मेलाको समापन हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलामा बिगत वर्ष झै यस वर्ष पनि उल्लेख्य मात्रा दर्शनार्थिहरुको भीड हुने हुनाले समितिले विभिन्न उप–समितीहरु गठन गरी कार्य बाँडफाड गरी काम अगाडि बढाउने व्यवस्था गरिएको जानकारी गराए । साथै अक्तजनहरुलाई सहज रुपमा दर्शन गराउनको लागि विभिन्न संघ सस्था, टोल सुधार समिति, महिला समुहहरुसंग समन्वय गरी श्रावण १ गतेदेखि मेला अवधिभर सव्य र भव्य रुपमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको जनाए ।
सुरक्षा व्यवस्थाको लागि सिसि टिभी जडान गरिएको, कार्यक्रम अवधिभर भक्तजनहरुलाइ सहज रुपमा दर्शन गराउन यथेष्ठ स्वयंमसेवकहरुको परिचालन गरिने उनले जनाए । भक्तजनहरुको आकस्मिक स्वास्थ्य परिक्षणको लागि रणशेर गण सूर्यविनायक भक्तपुर र अन्य अस्पतालहरुबाट स्वास्थ्य शिविर सञ्चालनमा गरिने जानकारी उनले गराए । शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी परिसर, जगाती प्रहरी वृत तथा डोलेश्वर प्रहरी चौकीबाट प्रहरीहरु परिचालन गरिने उनले जनाए । यातायातलाई व्यवस्थित गर्नको लागि महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारीबाट सहयोग लिइने उनले बताए । साथै यस कार्यक्रमलाई सव्य र भव्य रुपमा सञ्चालन गर्नको लागि सम्पूर्ण आम समुदायहरुबाट सहयोगको अपेक्षा उनले राखे । पत्रकार सम्मेलनमा सूयविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज वस्नेतले आफनो वडामा रहेको डोलेश्वर महादेवको मन्दिरलाई धार्मिक पर्यटकहरुको केन्द्र बनाउन सिंगो नगरपालिकाले नै लागिपरेको बताए । हिन्दुहरुको पवित्र तीर्थस्थल डोलेश्वर महादेव २०६६ साल भाद्र ६ गते केदारनाथको शिरो भागका रुपमा घोषणा भएको थियो । त्यस पश्चात यसको गरिमा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।