कमलविनायकमा डेंगु ज्वरोबारे सचेतना ¥याली 


असार ३०, २०८२, सोमबार | साँझ ०४:२९ बजे | 170


कमलविनायकमा डेंगु ज्वरोबारे सचेतना ¥याली 

भक्तपुर, ३० असार । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा डेंगु ज्वरोबारे सचेतना ¥याली कार्यक्रम वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाको नेतृत्वमा कमलबिनायक यातु गणेश मन्दिरबाट सुरु भई लान्चाफल्चा, पाइपलाइन, कमलबिनायक बसपार्क, क्वाठण्डौं, बेखाल, नागपोखरी, महालक्ष्मी, देकोचा हुँदै वडा कार्यालय अगाडि सम्पन्न भयो । 
    समापन कार्यक्रममा डाक्टर रत्नसुन्दर लासिवाले डेंगु एडीस एजिप्टी र एडीस एल्बोपिक्टस् प्रजातिका लामखुट्टेको टोकाइबाट हुने भएकोले यसबाट बच्न झुल लगाएर मात्र सुत्ने, पुरा बहुला भएको शरीर ढाक्ने लुगा लगाउने, लामखुट्टे धपाउने उपायहरु अपनाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने गरी जाली राख्ने र लामखुट्टे विकास हुने पानी जम्न नदिने कार्य गर्नुपर्ने बताउनुभयो । 
    उहाँले डेंगु ज्वरो लागेमा पानी तथा झोल र पोषिलो खानेकुरा प्रशस्त मात्रमा खाने, पारासिटामोल खाने तर इबु्रफिन र आसप्रिन जस्ता दुखाई कम गर्ने औषाधि सेवन गर्न नहुने बताउनुभयो । 
    कार्यक्रममा वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले सहभागी संघसंस्था, विद्यालय, स्वयम्सेविका, बक्सिङ र टेबुलटेनिस खेलाडीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो भने वडासदस्य जितेन्द्र मुनाकर्मीले कमलबिनायकबाट ¥याली सुरु गर्नुभयो । वडा नर्स तुल्सी लक्ष्मी किलम्बुले पनि बोल्नु भएको थियो । 
 

Comments