नगांचामा कषि सामाग्री अनुदान वितरण
असार २८, २०८२, शनिबार | राति ०९:४५ बजे | 255
भक्तपुर । भक्तपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा भक्तपर नगरपालिका वडा नं १० नागांचाका कृषकहरुलाई शुक्रबार कृषि सामाग्री अनुदान वितरण गरेको छ । नगांचा कृषि समूहका सदस्य वडाबासीहरुलाई सामान वितरण गरिएको हो ।
भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष एवं भक्तपुर नगरपालिका नगर कृषि समितिका संयोजक राजकृष्ण गोराले एक समारोहवीच सामानहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, वडा सदस्यहरु जीतेन्द्र मुनंकर्मी, कृृष्णनारायण दुमरु र विष्णुमाया कामीले आआफनो धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन स्थानीय लक्ष्मीप्रसाद चवालले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य नारायणप्रसाद ह्यौमिखाले गरेका थिए । वडाका २५ जनालाई सामान वितरण गरिएको हो । उनीहरु सवैलाई प्रति परिवार ३० तीस हजार बराबरको सामानहरु वितरण गरेको हो । सवैजनालाई कौसी खेतीका लागि आवश्यक सामानहरु वितरण गरिएको हो ।
यसअघि सामान लिने किसानहरुलाई चारदिने कौसी खेती तालिम दिएको थियो । उनीहरुलाई नै सामाग्री वितरण गरेको हो ।
