विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न


असार २७, २०८२, शुक्रबार | राति ०८:१० बजे | 295


विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न

आषाढ २७ गते

काठमाडौँ वल्ड स्कुलको आयोजनामा सूर्यविनायक नगरपालिकाका माध्यमिक विद्यालय स्तरीय भानुभक्तका रचना वाचन कार्यक्रम काठमाडौँ वल्ड स्कुलको लुम्बिनी हलमा भव्यरूपमा समापन भएको छ।उक्त कार्यक्रममा सुर्यविनायक नगरपालिकाभित्रका नौवटा स्कुलहरू सहभागी भएका थिए।कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख -रत्नबहादुर कटवाल रहनु भएको थियो भने अतिथि-भक्तपुर प्याप्सनका अध्यक्ष राजेश कसपाल र निर्णायकमा कवि तथा आख्यानकार प्रोल्लास सिन्धुलीय एवम् छन्द कवि कलानिधि दाहाल हुनुहुन्थ्यो। प्रतियोगितात्मक यो कार्यक्रममा-क्यान्डिड करियर स्कुलका सुदेसा चौलागाई प्रथम -प्रेसस स्कुलका अनुष्का अधिकारी ,द्वितीय-मोर्डन स्कुलका सुरेश ढुङ्गाना तृतीय रेन्बो स्कुलका सदीक्षा रेग्मीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो। कार्यक्रममा काठमाडौँ वल्ड स्कुलकी शैक्षिक नियन्त्रक तथा गुणस्तर नियन्त्रक याङ्किला लामाले स्वागत मन्तव्य र संयोजक राजेश घिमिरे सरले धन्यवाद ज्ञापन गर्नुभएको थियो।विद्यालयको तर्फबाट कक्षा एकका विद्यार्थी भाइ बहिनीहरूले स्वागत कविता,कक्षा नौका मेहेर श्रेष्ठ र कश्वी खतिवडाले भानुभक्तका कविता र कक्षा आठका भाइहरूले नाटक प्रदर्शन गर्नुभएको थियो।कार्यक्रम सञ्चालन विद्यालयका नेपाली शिक्षिका द्वय रञ्जु दाहाल र कुमारी प्रजापतीले गर्नुभएको थियो।निर्धारित समय ९:३० देखि सुरु भएको कार्यक्रम ११:३० सम्म चलेको थियो।

Comments