विनायकमा गुरुपूजा कार्यक्रम
असार २६, २०८२, बिहीबार | दिउँसो ०१:१९ बजे | 195
शिक्षासँग-सँगै संस्कृति र संस्कारको विकास हुनुपर्दछ भन्ने मूलमान्यतामा आधारित भएर शिक्षा प्रवाह गरिरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन ई. स्कूल, मध्यपुर ठिमी भक्तपुरमा यही २०८२असार २६ गते गुरुपूजा कार्यक्रमको आयोजना गरियो। कक्षा १२ का विद्यार्थीहरुको संयोजनमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले विद्यार्थीहरुले गीत , कविता तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । गुरुहरुलाई खादा लगाइदिएर शुरु भएको उक्त कार्यक्रममा विद्यालयका +२ संयोजक तुल्सीहरि प्रजापति, सहायक प्राचार्य प्रेमप्रसाद निरौला, शैक्षिक संयाेजक शैलेन्द्रकुमार भट्टराई लगायतले गुरुपूर्णिमाको शुभकामना दिनुभएको थियो । कार्यक्रममा सबैलाई शुभकामना व्यक्त गर्दै विद्यालयका प्राचार्य सुरेन्द्रविक्रम प्रजापतिले गुरुका मार्ग निर्देशन अनुसार हिडन सके जीवन सफल र सार्थक हुने भएकोले गुरु दीक्षालाई जीवनको मूलमन्त्रलाई शिरोपर गर्दै अगाडि बढ्नुपर्ने र आफूले सिकेका ज्ञान आर्जन गर्न सक्ने सबैलाई गुरु मानेरअगाडि बढ्न सल्लाह दिनुभयो ।
