हिमाल कलेज अफ म्यानेजमेन्टलाई अन्तर्राष्ट्रिय शिक्षा उत्कृष्टता सम्मान भारतको IEMS बाट “International Education Excellency Award 2025” प्राप्त
असार २४, २०८२, मङ्गलबार | राति ०७:१८ बजे | 680
प्रतिष्ठित शैक्षिक संस्था हिमाल कलेज अफ म्यानेजमेन्ट ले अन्तर्राष्ट्रिय स्तरमा थप एक उल्लेखनीय सफलता हासिल गरेको छ। भारतको Institute of Entrepreneurship and Management Studies (IEMS) द्वारा हिमाल कलेजलाई "International Education Excellency Award 2025" बाट सम्मानित गरिएको छ।
मिति २०८२ असार २३ (८ जुलाई २०२५) मा प्रदान गरिएको यस सम्मानपत्रमा कलेजले व्यावसायिक र व्यवहारिक शिक्षामा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गरिएको छ।
सम्बन्धित संस्थाले स्पष्ट रूपमा उल्लेख गरेको छ कि हिमाल कलेजले:
सैद्धान्तिक र व्यवहारिक शिक्षाबीचको खाडल घटाउँदै व्यावहारिक शिक्षामा जोड दिएको,
कक्षा १२ र स्नातक तहपछि रोजगारी र आत्मरोजगारको सुनिश्चित मार्ग तयार पारेको,
नवप्रवर्तन, नेतृत्व र व्यवसायिक क्षमताको विकास हुने शैक्षिक वातावरण निर्माण गरेको,
भन्दै कलेजको शैक्षिक दृष्टिकोणलाई एक उत्कृष्ट उदाहरणको रूपमा सम्मानित गरेको हो।
यस अवार्डले हिमाल कलेजको मूल उद्देश्य—"परिवर्तनशील, नतिजामूलक र जीवनपरिवर्तन गर्ने शिक्षा प्रणाली स्थापना"—लाई अन्तर्राष्ट्रिय मान्यता दिलाएको छ।
