देशभरका उत्कृष्टमध्येमा ख्वप पनि 


असार २३, २०८२, सोमबार | राति ०८:०३ बजे | 665


देशभरका उत्कृष्टमध्येमा ख्वप पनि 

काठमाडौं । देशभरका उत्कृष्ट कक्षा ११ र १२ को पढाई हुने स्कुलहरुमध्ये ख्वप मावि देकोचा भक्तपुर पनि अट्न सफल भएको छ । केन्द्रविन्दु नामक अनलाइनले सार्वजनिक गरेको सर्वेक्षणमा ख्वप मावि पनि उत्कृष्ट २० भित्र अट्न सफल भएको हो । अनलाइनले सोमबार देशभरका उत्कृष्ट २० स्कुलहरुको नामावलीसहितको समाचार सार्वजनिक गरेको हो । यसअघिका विभिन्न छनौटहरुमा पनि ख्वप उत्कृष्ट २० भित्र अट्न सफल हुँंदै आएको थियो । 
कितावी ज्ञानसँंगै भक्तपुरको कला र संस्कति जोड्दै ख्वप मावि (यहाँंबाट तल सवै अनलाइनबाट जस्ताको तस्तै साभार)
जेहेन्दार तथा न्युन आय भएका विद्यार्थीहरुको इन्जिनियर बन्ने सपना पूरा गर्दै आएको शैक्षिक संस्था हो, ख्वप कलेज । सन् २००८ देखि सांस्कृतिक शहर भक्तपुरमा स्थापना भएको यो कलेज शैक्षिक संस्थाको भिडमा अरुभन्दा फरक र सफल छ ।
भक्तपुर नगरपालिकाको स्वामित्वमा रहेको यो कलेज प्रविधिको हिसावले पनि उच्चदर्जाको कलेज हो । भक्तपुर नगरपालिकाको स्वामित्वमा रहेको यो कलेज प्रविधिको हिसावले पनि उच्चदर्जाको कलेज हो । सिभिल, कम्प्युटर र इलेक्ट्रिकल इन्जिनियरिङ विषयको अध्यापन हुने यस कलेजमा कक्षा ११ र १२ मा विज्ञान र मानविकी संकायमा अध्यापन हुने गरेको छ ।
बद्लिदो परिस्थिति र विश्वलाई केन्द्रमा राखेर यो शिक्षण संस्थाले आफूलाई समयअनुसार परिस्कृत गर्दै आएको छ । आधुनिक युगमा समयसापेक्ष अध्यापन गराउन सफल यो कलेज विद्यार्थीहरुको लागि उचित गन्तव्य बन्नेमा दुईमत छैन । सुविधासम्पन्न अत्याधुनिक भवन, खुल्ला र पर्याप्त खेल मैदान, शान्त र स्वच्छ वातावरणले पनि अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो शिक्षण संस्था पहिलो रोजाइमा पर्दै आएको छ ।
बदलिदो परिस्थिति र विश्वलाई केन्द्रमा राखेर यो शिक्षण संस्थाले आफूलाई समयअनुसार परिस्कृत गर्दै आएको छ ।
कितावी ज्ञानमात्र नभइ यो कलेजले भक्तपुरको कला र संस्कृतिसँग जोडेर विभिन्न अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गर्ने गरेको छ । खेलकुद, सांस्कृतिक कार्यक्रम, गीतसंगित, अभिनयमा रुची राख्ने विद्यार्थीका लागि पनि कलेजले अवसरहरु प्रदान गर्ने गरेको छ ।
छनौटको आधार (अनलाइनबाट सभार)
राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा विगतमा हासिल गरेको शैक्षिक नतिजा, नेपाल सरकार शिक्षा मन्त्रालयले गरेको पुरस्कारको आधार, विद्यार्थीको छनोट, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो विद्यालय बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको शैक्षिक ‘प्लेसमेन्ट’ अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थिति लगायत मापदण्डलाई हामीले उत्कृष्ट शैक्षिक संस्था छनोटको आधार बनाएका छौं ।
उत्कृष्ट प्लस टु प्रदायक शैक्षिक संस्थाको सूची
१. प्रसादी एकेडेमी, ललितपुर
२. सेन्ट जेभियर्स, माइतिघर
३. केएमसी, बागबजार
३. केएमसी, बालकुमारी
३. ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार
४. पिनाकल एकेडेमी, ललितपुर
४. एनसीसीएस, पकनाजोल
५.युनाइटेड एकेडेमी, ललितपुर
५. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, मध्यबानेश्वर
५.रिलायन्स इन्टरनेशनल एकेडेमी, चावहिल
६. मुनलाइट बोर्डिङ स्कुल (मोलिस), ललितपुर
६. जेभियर इन्टरनेसनल कलेज, कालोपुल
६. काठमाडौं बर्नहार्ट कलेज, बल्खु
७. विश्व निकेतन मावि, त्रिपुरेश्वर
७ जेभियर एकेडेमी, लाजिम्पाट
८. मदरल्यान्ड मावि, पोखरा
८. अरनिको मावि, बिराटनगर
९.ओमेगा इन्टरनेसनल कलेज, कुमारीपाटी
९.किस्ट कलेज, कमलपोखरी
९. लिभरपुल इन्टरनेसनल कलेज, नयाँ बानेश्वर
१०. मनास्लु वल्र्ड कलेज, चावहिल
१०. लिटल एञ्जल्स, हात्तिवन
११. टेक्सास इन्टरनेसनल कलेज, चावहिल
११. भिएस निकेतन मावि, तिनकुने
१२. ट्रिटन इन्टरनेसनल स्कुल, बालकुमारी
१२. नेसनल स्कुल अफ साइन्सेज (निस्ट), लैनचौर
१३. सेन्ट मेरिज मावि, जावलाखेल
१४. मोर्गन इन्टरनेसनल कलेज, बसुन्धरा
१४. नेपाल मेगा कलेज, बबरमहल
१५. नेपाल काष्ठमण्डप कलेज, कलंकी
१६. सैनिक महाविद्यालय, भक्तपुर
१७. समृद्धि स्कुल, बनस्थली
१७. नेपाल प्रहरी विद्यालय, साँगा
१८. आइएसटी कलेज, ज्ञानेश्वर
१९. ब्रिजवाटर इन्टरनेसनल कलेज, सिनामंगल
२०. ख्वपः कलेज, भक्तपुर
२०. ज्ञानज्योती मावि, दाङ
 

Comments