भोलिदेखि एक हप्ता चल्ला उत्पादन तथा विक्रीवितरण बन्द
असार २२, २०८२, आइतबार | दिउँसो १२:३७ बजे | 370
काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले भोलिदेखि एक हप्ताको लागि ब्रोइलर तथा कलर ब्रोइलर (कोइलर) चल्लाहरुको उत्पादन पूर्ण रुपमा बन्द गर्न सूचित गरेको छ । साथै विक्रीवितरणसमेत नगर्ननगराउन सूचित गरेको छ ।
ह्याचरी व्यवसायीहरुको विशेष भेलाको सर्वसम्मत् निर्णय अनुसार वन्द गर्न सूचित गरेको जनाएको हो । भोलि सोमबारदेखि अर्को हप्ता आइतबारसम्मको एक हप्ता वन्द गर्न जानकारी गराएको हो ।
ृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृसंघको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको नेपाल ह्याचरी उद्योग संघका महासचिव ज्ञानबहादुर विसुरालले जनाए । पोल्ट्री व्यवसायमा बिगत केही महिनादेखिको विषम परिस्थितिलाई सुधार गर्नका लागि यस्तो निर्णय भएको उनले जनाए ।