शंकर स्कूलमा रोपाई पर्व एवं ग्रिन डे
असार २१, २०८२, शनिबार | विहान ०७:४३ बजे | 200
भक्तपुर । सूर्यविनायक–४ दधिकोटस्थित रहेको शंकर नेशनल स्कूलले हरेक वर्ष झै यस वर्ष पनि असार १५ राष्ट्रिय धान दिवसको अवसरमा प्रि–स्कूल देखि कक्षा ३ सम्मका नानीबाबुलाई जेठ २० गते आफैले राखेको व्याड तयार गरी धान रोप्न लगाइएको छ । उनीहरुले रोपाईसँगै यस दिन विशेष महिना र वातावरणलाई जोड्दै ग्रिन डे २०८२ पनि मनाएका छन् । उक्त रंगको महत्व र असार १५को महत्वलाई जोड्दै कार्यक्रम पूर्ण सिकाई व्यवहारद्वाराको सिकाईमा केन्द्रित रहेको थियो साथै विभिन्न गीत नृत्य र कविताले कार्यक्रम अतिनै रोमाञ्चक बनाएको थियो । रोपाई पर्वको महत्व पानी हिलो झरी, मानो रोपेपछि मुरी फलाउने प्रक्रियाबारे आफै अभ्यासद्वारा सिकाई हुने उद्देश्य र सिमसिम पानी पर्दासमेत नानीबाबुहरुले उत्साहजनक रुपमा धान रोपाई गर्दा रोपाई पर्व कार्यक्रम अझ प्रभावकारी भएको स्कूलका प्रिन्सिपल सरण चौलागाईले बताउनुभयो । उहाँले कक्षाका हरेक सिकाईलाई प्रयोगात्मक गर्दा सिकाई अझ उपलब्धी हुनेमा स्कूल बिश्वास्त रहेको पनि जानकारी दिनुभयो ।
