निःशुल्क उपचार गर्ने भए कमलविनायक जानुस्
असार १९, २०८२, बिहीबार | दिउँसो ०१:३४ बजे | 405
भक्तपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ । जिल्लाका पत्रकारहरुसँंग बिहीबार गरेको पत्रकार सम्मेलनमार्फत केन्द्रले गरेको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनका केन्द्रका प्रमुख डाक्टर नदन कँंडेलले आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरबासीहरुको विश्वास वढ्दो रहेको बताए । यही कारण केन्द्रमा आएर उपचार गर्न आउनेहरुको संख्या वार्षिक रुपमा वढ्दो रहेको तथ्यांक उनले पेश गरे ।
टिकटदेखि सवै निःशुल्क उपचार हुने उनले जनाए । स्वास्थ्य परीक्षणपछि झण्डै २६ थरीको औषधि निःशुल्क पाउने उनले बताए । साथसाथै विरामीको सहजताका लागि केन्द्रले नै सहज औषधि वितरणका लागि औषधि वितरण पनि गर्दै आएको उनले जनाए । नाफा नलिने उद्देश्यका साथ सञ्चालित औषधि विक्री केन्द्रबाट १० प्रतिशत छुटमा औषधिको विक्रीवितरण हुने उनले जनाए ।
केन्द्रको मुख्य कार्यालय भक्तपुरको कमलविनायकमा रहेको छ । साथै विभिन्न ठाउँंहरुबाट पनि यस प्रकारका सेवा प्रदान गरिंदै आएको जनाइयो ।
