जितु नेपाल पुनः बिज एजुकेशनका ब्रान्ड एम्बेसडर घोषित
असार १८, २०८२, बुधबार | साँझ ०४:५२ बजे | 165
भक्तपुर गठ्ठाघरमा अवस्थित शैक्षिक परामर्श दाता बिज एजुकेशन कन्सल्टेन्सीले हास्य कलाकार' जितु नेपाल लाई पुनः आर्थिक वर्ष २०८२ र २०८३ का लागि ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ। बुधबार भक्तपुरको गठ्ठाघरमा अबस्थित जर्मन होम्स् हस्पिटालिटीमा आयोजित एक कार्यक्रमका बीच 'हास्य कलाकार जितु नेपालले ब्रान्ड एम्बेसडरका रुपमा कन्सल्टेन्सीको एमओयू हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बोल्दै नेपालले सहि र भरपर्दो कन्सल्टेन्सीको हातमा नपर्दा धेरै नेपाली विद्यार्थीहरुले दुःख पाइरहेको भन्दै सही मार्गनिर्देशन गर्दै महत्वपूर्ण जिम्मेवारी पूरा गर्न बिज एजुकेशन कन्सल्टेन्सीलाई आग्रह गरे। भक्तपुर गठ्ठाघरमा अवस्थित शैक्षिक परामर्श संस्था बिज एजुकेशन कन्सल्टेन्सी विगत केही वर्षदेखि विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई सही जानकारी, परामर्श तथा मार्गनिर्देशन प्रदान गर्दै आइरहेको छ। यो संस्थाले बेलायत प्रमुख गन्तव्य बनाई विशेषज्ञता प्राप्त परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। यसको मुख्य कार्यालय भक्तपुर (गठ्ठाघर), शाखाहरु पुतलीसडक, अष्ट्रेलिया र युकेमा रहेको छ। पारदर्शिता, भरपर्दो सेवा, विद्यार्थीको भविष्यप्रति समर्पित दृष्टिकोण र गुणस्तरीय परामर्श नै यस संस्थाको प्रमुख मूल्य र पहिचान हो। 'हास्य कलाकार' जितु नेपाल नेपाली मनोरञ्जन क्षेत्रका एक लोकप्रिय र बहुआयामिक व्यक्तित्व हुन्। 'हिजो आजका कुरा', 'जिरे खोर्सानी' लगायतका चर्चित टेलिश्रृंखलाबाट आफ्नो यात्रा सुरु गरेका उनले चलचित्र निर्देशन, अभिनय तथा सामाजिक कार्य हुँदै शैक्षिक सचेतना फैलाउने अभियानसम्म आफूलाई सक्रिय बनाउँदै आएका छन्। जितु नेपाल यसअघि पनि बिज एजुकेशन कन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर भइसकेका थिए, र यसपटक पुनः २०८२ र २०८३ आर्थिक वर्षका लागि पनि उनलाई सोही भूमिकामा दोहोर्याइएको हो। उनको लोकप्रियता, इमान्दार छवि र सामाजिक सरोकारलाई ध्यानमा राख्दै कन्सल्टेन्सीले उनलाई प्रतिनिधित्व गराउँदै आफ्नो सेवा विस्तारलाई अझ विश्वासिलो बनाउने अपेक्षा लिएको छ। विज एजुकेशन
