३ सय ५५ जनाको आँखा परीक्षण
असार १६, २०८२, सोमबार | साँझ ०६:५१ बजे | 275
सागर गुरागाईं
मध्यपुर थिमि
मध्यपुर थिमि नगरपालिका ४ शंखधरचोकस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लि.द्धारा आयोजित बृहत आँखा शिविरमा महिला र पुरुष गरी ३ सय ५५ जनाले आँखा परीक्षण गराएका छन् । सिटि आई केयर सेन्टर शंखधरचोकको प्राविधिक सहयोगमा भएको निःशुल्क आँखा शिविरमा आँखा जाँचपछि आवश्यकता अनुसार औषधी, चश्मा र परामर्श प्रदान गरिएको शंखधर साकोसका व्यवस्थापक राजेन्द्रकुमार कायस्थले जानकारी दिनुभयो ।
परीक्षणबाट मोतिविन्दु देखिएका १४ महिला र ६ जना पुरुषको ५० प्रतिशत छुटमा सिटिआई केयर सेन्टरमा मोतिविन्दुको अपरेशन हुने शंखधर सकोसका सचिव राजु श्रैष्ठले जानकारी दिनुभयो । संस्थाको सामाजिक दायित्व अन्तर्गत हरेक वर्ष असार महिनामा विगत डेढ दशकदेखि नै निरन्तर रुपमा शेयर सदस्य एवं स्थानीय बासिन्दाका लागि निःशुल्क आँखा शिविर गर्दै आएको शंखधर साकोसका अध्यक्ष श्याम श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय आदर्श मावि लाय्कु परिसरमा भएको उक्त निःशुल्क आँखा शिविरमा सामाजिक दायित्व अन्तर्गत विगत वर्षहरुमा झैं यसवर्ष पनि शंखधर साकोससँग आँखा शिविरमा सहकार्य गरेको सिटि आई केयर सेन्टरका प्रोप्राइटर एवं चिकित्सक हरि कार्कीले जानकारी दिनुभयो ।
