२ महिने सेरामिक्स तालिमकाे समापन
असार १५, २०८२, आइतबार | राति ०९:५८ बजे | 165
मध्यपुर थिमि सिध्दिकालीस्थित नेपाल सेरामिक्स संधकाे हलमा आइतबार २ महिने सेरामिक्स तालिमकाे समापन समारेाह तथा असार १५ काे उपलक्ष्यमा दहीच्युरा खाने कार्यक्रम सम्पन्न भयाे । उक्त अवसरमा बागमती प्रदेश संसद धनेश्वरी प्रजापतिले प्रमुख अतिथिकाे आसनबाट प्रमाणपत्र प्रदान गर्दै प्रशिक्षार्थीहरुले आफुले सिकेकाे ज्ञान र सीप सदुपयोग गर्न सक्नुपर्ने सल्लाह दिनुभयो । उद्याेग तथा वाणिज्य कार्यालय ,भक्तपुरद्वारा आयाेजना र नेपाल सेरामिक्स संघकाे सहआयाेजना रहृेकाे कार्यक्रममा कार्यालय प्रमुख रामप्रसाद कुस्माले परंपरागत र लाेपाेन्मुख माटाको भाडा बनाउने तालिम दिएकाेमा प्रशिक्षक र संस्था प्रति धन्यवाद दिनुभयाे।उक्त तालिममा २५ जना युवा प्रशिक्षार्थीले प्रशिक्षण लिएका थिए ।बागमती प्रदेश संसद प्रजापतिले सेरामिक्सकाे भवन बनाउन आगामी बजेटमा रु.१५ लाख विनियोजन भएकाे पनि जानकारी दिनुभयो । प्रशिक्षक द्वय नारायण भक्त प्रजापति र रामकृष्ण प्रजापतिले प्रशिक्षण दिनुभएको जानकारी दिइएको कार्यक्रममा संघका अध्यक्ष श्रीकृष्ण प्रजापति र सहकारीका अध्यक्ष हरिगाेविन्द प्रजापतिले पनि शुभकामना दिनुभएको थियाे। यस किसिमकाे सीपमूलक कार्यक्रम आगामी दिनमा पनि संचालन गर्ने आयाेजकहरुले जानकारी दिएका थिए।
