यसरी छमछमी नाचे तामाङ युवायुवती 


असार १४, २०८२, शनिबार | राति ०७:५४ बजे | 300


यसरी छमछमी नाचे तामाङ युवायुवती 

काठमाडौँ । तामाङ समुदायको मौलिक भाषा, संस्कार, संस्कृति र कला–संंगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापना गरिएको ह्याङ्ला रिमठिम तामान डम्फू संघ नेपालको उदघाटन शनिबार राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नी लामाले तामाङ भाषाको संरक्षण र नयाँ पुस्तामा यसको हस्तान्तरणको आवश्यकतामाथि जोड दिनुभयो । विदेशी भाषाभन्दा आफ्नै मातृभाषा राम्रो लाग्छ, तामाङहरूले अनिवार्य रूपमा सिक्नुपर्छ, उहाँंले भन्नुभयो, पछिल्लो पुस्तालाई सिकाउनैपर्छ, विदेशसम्म फैलाउनुपर्छ ।”
उपप्रमुख लामाले तामाङ जातिका सबैलाई एक ठाउँमा उभिन आह्वान गर्दै सहयोगका लागि आफू सधैं तत्पर रहेको बताउनुभयो। साथै, उहाँले सरकारको बजेट वितरण प्रणालीप्रति पनि गुनासो व्यक्त गर्दै भन्नुभयोः “मठ–मन्दिरलाई सजिलै बजेट छुट्याइन्छ, तर गुम्बा, छोर्तेन र तामाङ संस्कृति जगेर्नासँग जोडिएका संरचनालाई बजेट दिइँदैन। प्रदेश प्रमुख हाम्रै समुदायका हुनुहुन्छ, तर हामीलाई नै सहयोग हुँदैन।”
कार्यक्रममा तामाङ दिदीबहिनीहरू र दाजुभाइले प्रस्तुत गरेको जुहारी, डम्फू नृत्य, र सांस्कृतिक गीत–संगीतले उत्सवलाई अझै उल्लासमय बनाएको थियो । उनीहरु समूहमा छमछमी नाचेका थिए । 
संघको पदाधिकारीहरूले वार्षिकोत्सवको अवसरमा आगामी दिनमा तामाङ समुदायको अधिकार, संस्कृति र पहिचानको सवालमा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

Comments