बागमती प्रदेशका कोच खेलाडीहरुलाई भक्तपुरमा प्रशिक्षण सुरु
असार १४, २०८२, शनिबार | राति ०७:३४ बजे | 120
भक्तपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश हेटौडा नेपाल प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भक्तपुरमा तीनदिने मल्टी स्पोर्टस् कोच टेनिंग २०८२ कार्यक्रम सुरु भएको छ । शुक्रबारदेखि शुरु भएको तालिम आइतबारसम्म चल्ने जनाइएको छ ।
तालिममा विभिन्न प्रशिक्षार्थीहरुले कोच खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । एक सय भन्दा वढी बागमती प्रदेशका कोच खेलाडीहरुलाई तालिम दिइएको हो । दोश्रो दिन शनिबार करातेका खेलाडी प्रकाश धौभडेललगायतले प्रशिक्षण दिएका थिए । यसअघि कार्यक्रमको उदघाटन शुक्रबार भएको थियो ।