भक्तपुर नगरका यी पाँंच स्कुल जसले चार जिपिए निकाल्न सफल भए
असार १४, २०८२, शनिबार | साँझ ०६:४४ बजे | 1390
भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रका पाँंच वटा स्कुलहरुले यो वर्षको परीक्षामा चार जिपिए निकाल्न सफल भएका छन् । भक्तपुर नगरपालिका वडा नं 2 स्थित एभरेस्ट स्कुल मिवाछें व्यासी, भक्तपुर नगरपालिका वडा नं १ स्थित सैनिक आवासीय मावि सल्लाघारी, वडा नं ३ स्थित मेधा मावि तेखापुखू, वडा नं १० स्थित जेन्युइन सेकेण्डरी स्कुल देकोचा भक्तपुर र वडा नं ४ सूर्र्यविनायकस्थित सेकरिड हार्ट स्कुलकी विद्याथीले चार जिपिए ल्याउन सफल भएका हुन् ।
नगरको मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलका तीन जना विद्यार्थी चार जिपिए ल्याउन सफल भए । स्कुलकी आकांक्षा लुइँटेल, रोमहर्षण ढुंगेल र स्नेहा जोशीले चार जिपिए ल्याउन सफल भए ।
मेधा माध्यमिक विद्यालयका तीन विद्यार्थीले पनि यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा ४ जीपीए ल्याएका छन् । विद्यालयमा प्रधानाध्यापक श्याम हाडाका अनुसार भक्तपुरको तेखापुखुस्थित उक्त विद्यालयका तीन विद्यार्थीले ४ जीपीए ल्याएका हुन् ।
सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरका तीन जनाले पनि चार जिपिए ल्याएका छन् । यस्तै देकोचास्थित जेन्युइन इगलिश स्कुलका एकजना विद्यार्थी पनि चार जिपिए ल्याउन सफल भएको शिक्षक विश्वबहादुर दुवालले जानकारी गराए । यस्तै भक्तपुर नगरकै सूर्यविनायकस्थित सेकरिड हार्ट स्कुलकी एकजना विद्याथीले पनि चार जिपिए ल्याउन सफल भएको बताइएको छ । यस हिसावले हालसम्म नगरबाट कुल ११ जना विद्यार्थीले चार जिपिए ल्याउन सफल भए ।
एसईई परीक्षामा भक्तपुरका ३० जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका छन् । भक्तपुर नगरबाहेक सूर्यविनायक, चाँंगुनारायणलगायतका जिल्लाका अन्य नगरपालिका विद्यालयका विद्यार्थीले पनि ४ जीपिए हासिल गरेको जनाएका छन् । तर त्यो सवै खुल्न सकेको छैन ।
परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार साँझ सार्वजनिक गरेको नतिजा अनुसार यो बर्ष मुलुकभरका नौ सय ७१ जनाले चार जीपीए ल्याएका छन् । जसमध्ये सबैभन्दा बढी काठमाडौंका ४१०, ललितपुरका १००, रुपन्देहीका ८७ जना रहेका छन् । त्यसैगरी कास्कीका ६५, चितवनका ३७, धनुषाका २० जना छन् . मोरङका १८ र कैलालीका ७ जनाले पनि चार जीपीए ल्याएका छन् ।
देशभरकै तुलना गर्नृे हो भने भक्तपुर जिल्ला काठमाडौं, ललितपुर, रुपन्देही, कास्की र चितवनपछि भक्तपुर सवैभन्दा वढी अर्थात् ३० जना विद्यार्थी चार जिपिए ल्याउन सफल जिल्ला भएको छ ।
