भक्तपुरका स्कुले विद्यार्थीहरु जव संसद् चलाउन थाल्छन्...


असार ११, २०८२, बुधबार | राति ०७:०३ बजे | 185


भक्तपुरका स्कुले विद्यार्थीहरु जव संसद् चलाउन थाल्छन्...

भक्तपुर । ‘माननीय सदस्यज्यूहरु आजको बैठकको कार्य प्रारम्भ गर्दछु, सभामुखले यति भनेर संसद् प्रारम्भ गर्ने वितिकै प्रतिपक्ष बेञ्चका मानीयहरु उठ्छन् । त्यसपछि सभामुख फेरि भन्छन्, ‘माननीय सदस्यज्यूहरु प्रतिपक्ष बेञ्चबाट उठ्नुभएको छ । सवैजना आआफनो ठाउँंमा बसौं । दलीय आधारमा बोल्न दिने हिजो नै प्रमुख सचेतकहरुले सहमति गरेपछि फेरि विचैमा आज किन ? माननीय सदस्यज्यूहरु बसौं । बैठकका लागि वातावरण बनाऔं ।’ 
यो परिदृश्य थियो, बुधबार भक्तपुरको दुवाकोट भएको नमूना संसद बैठकको । भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित सुनगाभा इगलिश बोर्डिग स्कुल दुवाकोट भक्तपुरको आयोजनामा स्कुल नजिकैको दुवाकोट बैक्वेटको ठूलो हलमा  नमूना संसद् बैठक बसेको थियो । 
बैठकमा सभामुखको भूमिकामा स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा रश्मी वस्नेत थिइन् । सदस्यहरुको रुपमा कक्षा ३ देखि १० सम्मका २३ जना विद्यार्थी थिए । 
बैठकलाई अगाडि वढाउँंदै सभामुखको भूमिकामा रहेकी बस्नेतले नमूना संसद चलाउँंदै भनिन््, ‘निलो सदन पार्टीका प्रमुख सचेतक माननीय प्रज्ज्वल वस्नेत बोल्न खोज्दै हुनुहुन्छ । माननीयज्यू आफना कुरा ३ मिनेटभित्र राख्नुहोस् । अरु माननीयज्यूहरु बसौं । आआफनो ठाउँंमा आसन ग्रहण गरौं ।’ यसरी चलाइएको त्यो संसद बैठक प्रतिकात्मक थियो, जहाँं राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का सदस्यहरुले संसदमा अवरोध सृजना गरेको देखाइएको थियो । बैठकमा बारम्बार रास्वपाका सांसद्हरुले अवरोध गरेको र त्यसलाई साम्य पार्न सभामुखले माननीयज्यू नियमापती मात्रै गरिरहने हो भने संसद् कसरी चल्छ ? संसद चल्ने वातावरण तपाईहरुले नै गर्ने हो नि । यसप्रति तपाईहरु पनि उतरदायी वन्नुपर्छ । आसन ग्रहण गर्नुहोस् माननीयज्यूहरु, संसद सुचारु गरौं’ भनिरहँंदा माहौल निकै रोमाञ्चक बनेको थियो । 
विद्यार्थीलाई संसदीय विधि र क्रियाकलापबारेमा जानकारी गराउने उद्देश्यले नमूना विद्यार्थी संसद चलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलानाथ निरौलाले जानकारी गराए ।
यसअघि स्कुलमा कक्षा ३ देखि १० सम्म अध्ययनरत ५ सय ४५ जना विद्यार्थीहरुलाई मतदाता बनाई निर्वाचन गराइएको थियो । चार वटा जिल्लाबाट प्रति जिल्ला तीनतीन वटा निर्वाचन क्षेत्रबाट गरी १२ जना प्रत्यक्ष रुपमा निर्वाचित भएका थिए । त्यसमा आठ जना समानुपातिकबाट र तीन जना मनोनित गरी कुल २३ जना संसद सदस्य बनाइएको थियो । निर्वाचनमा १२ प्रत्यक्ष निर्र्वाचितका लागि ४८ जनाको उम्मेदबारी परेको नमूना देखाइएको थियो । 
स्कुलका प्रिन्सिपल महेश गौतमले विद्यार्थीलाई निर्वाचन परिपाटीबारे पनि जानकारी गराउने उद्देश्यका साथ निर्वाचन पनि गराइएको जानकारी गराए । यसबाट विद्यार्थीलाई हाम्रा संसदका सदस्यहरु कसरी निर्वाचित हुन्छन् भन्ने जान्न पाउने प्रिन्सिपल गौतमले विश्वास व्यक्त गरे । 
कार्यक्रममा भक्तपुरबाट निर्वाचित संघीय सांसद दुर्लभ थापा र चाँंगुनारायणबाट निर्वाचित चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री पनि सहभागी थिए । सहभागी नमूना संसद्का सदस्यहरुले उनीहरुसँंग पनि प्रश्न गरेका थिए । त्यसको जवाफ संसद् सदस्य थापा र नगर प्रमुख खत्रीले दिएका थिए । 
संसद् अभ्यास कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रतिनिधिसभाका सांसदले निर्वाह गर्ने भूमिका, संसदीय प्रक्रिया र विधेयक पारित गर्ने विधिबारेमा प्रयोगात्मक अभ्यास गराइएको आयोजक विद्यालयका इसीए कोअर्डिनेटर एवं नमूना मतदानका निर्वाचन अधिकतृ दीपककुमार खड्काले बताए । 
कार्यक्रममा सत्तापक्ष, प्रतिपक्ष, मन्त्रीको अलगअलग आसनलहरको व्यवस्था मिलाइएको थियो । कार्यक्रम रोचक र सफल भएको सहभागीको धारणा थियो ।
 

Comments