चाँंगुको बजेट चालु आवको भन्दा २७ करोड ६७ लाख कम 


असार १०, २०८२, मङ्गलबार | राति ०७:४४ बजे | 250


चाँंगुको बजेट चालु आवको भन्दा २७ करोड ६७ लाख कम 

चाँंगुनारायण । भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगर सभाको १७ औं अधिवेशन मंगलबार भएको छ । नगरपालिका भवनको सभाहलमा आयोजित अधिवेशनमा नगर प्रमुख जीवन खत्रीले आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । त्यस अवसरमा उनले कृषि, पर्यटन र सामाजिक पूर्वाधारः समृद्ध चाँगुनारायणको मूल आधारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न, उपलब्ध श्रोत साधनको उच्चतम् उपयोग, दिगो विकासका समग्र लक्ष्यहरुको सम्बोधन, सुशासन प्रवद्र्धन, वित्तीय अनुशासन तथा पारदर्शिताका साथ नगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजना तथा मध्यकालीन खर्च संरचनाबाट निर्धारण गरिएका प्राथमिकताका क्षेत्र, गौरवका आयोजना र रुपान्तरणकारी योजना तथा कार्यक्रमहरुलाई क्रमश कार्यान्वयन गर्ने गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउने नीति अवलम्बन गरिने बताए । 

Comments