ॐ समाज डेण्टलबाटआकाशदीप अंग्रेजी माध्यमिक विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिविर 


असार ९, २०८२, सोमबार | विहान ०७:३२ बजे | 110


ॐ समाज डेण्टलबाटआकाशदीप अंग्रेजी माध्यमिक विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिविर 

राजन थापा

गोकर्णेश्वर–७ (दक्षिणढोका), असार ८ आकाशदीप अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा तथा तारकेश्वर क्लब–६० को सह–आयोजनामा ॐ समाज डेन्टल अस्पताल, बन्सथली शाखाबाट सञ्चालित निःशुल्क दन्त स्वास्थ्य शिविर विद्यालय परिसरमै सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमा ५ वर्षदेखि ८२ वर्षसम्मका विद्यार्थी, शिक्षक, र अभिभावक गरी ८७ जनाले दन्त परीक्षण सेवा प्राप्त गरेका छन्। परीक्षणको क्रममा १०० भन्दा बढी विद्यार्थीका कीराले खाएका दाँत निकालिएको ॐ समाज डेन्टल बन्सथली शाखाकी प्रमुख सबिना पापन गुरुङले जानकारी दिइन्। उनका अनुसार, अहिलेसम्म सञ्चालित शिविरहरूमध्ये यस विद्यालयमा कीराले खाएका दाँतको संख्या सबैभन्दा बढी देखिएको हो। शिविरमा डा. आशिका न्यौपाने, डा. सुदिक्षा अधिकारी, दन्त सहायक जुनु पण्डित र दुर्गा न्यौपानेको टोलीले सेवा प्रदान गरेका थिए।

विद्यालयका प्रधानाध्यापक मदन सुवेदीले शिविर सफलतामा खुशी व्यक्त गर्दै भने, “हामीले ॐ समाज डेन्टल अस्पताललाई रोज्नुको मुख्य कारण उनीहरूको सफल उपचार सेवा, अनुभवी चिकित्सक टोली र समुदायप्रति समर्पित भावनाको सम्मान हो।” शिविरमा काम गर्ने सम्पूर्ण अस्पतालको चिकित्सक तथा सहयोगी टोलीलाई विद्यालयको तर्फबाट सम्मान स्वरूप प्रशंसापत्र प्रदान गरिएको छ। साथै पत्रकार नन्दलाल खरेललाई पनि शिविरको सूचनात्मक योगदानका लागि विशेष सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ। शिविर सफल बनाउन तारकेश्वर क्लब–६० का अध्यक्ष तथा पत्रकार/सामाजिक अभियन्ता राजन थापा, ॐ समाज डेन्टल बन्सथली शाखाकी प्रमुख सबिना पापन गुरुङ तथा सम्पूर्ण चिकित्सक र दन्त सहायकहरूको उल्लेखनीय भूमिका रहेको थियो। शाखा प्रमुख गुरुङले भनिन्, “हामी ती सबै व्यक्तिहरूलाई धन्यवाद दिन चाहन्छौं जसले यहाँ बालबालिकाका लागि स्वास्थ्य शिविर आवश्यक छ भनी सहकार्यको पुल बनाएर हामीलाई यहाँ ल्याउनुभयो।” विद्यार्थी स्वयंसेवकहरूको सक्रिय भूमिका साथै शिविर व्यवस्थापनमा कक्षा १० की छात्राहरू — शान्ति पन्त, दीपसिखा गौतम, जेसिका घोरासैनी, र प्रबिसा गिरी साथै सम्पूर्ण शिक्षाक,शिक्षाका हरु ले स्वयंसेवकको रूपमा अनुकरणीय भूमिका खेले। उनीहरूले पंजीकरण, अनुशासन तथा सूचना व्यवस्थापनमा जिम्मेवारीपूर्वक काम गरे, जसको विद्यालयले विशेष प्रशंसा गरेको छ। गोकर्णेश्वर–७, दक्षिणढोकामा अवस्थित आकाशदीप अंग्रेजी माध्यमिक विद्यालय एक प्रतिष्ठित निजी शैक्षिक संस्था हो जहाँ कक्षा १ देखि १२ (+2) सम्मको शिक्षा प्रदान गरिन्छ। प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन प्रवाहका अध्ययन उपलब्ध छन्। हाल विद्यालयमा ७२७ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ८७ जना शिक्षक–शिक्षिकाहरू कार्यरत छन्। विद्यालयले प्रत्येक वर्ष उत्कृष्ट शैक्षिक नतिजा दिँदै १००% उत्तीर्ण सफलता हासिल गर्दै आएको छ। विद्यालयले स्वास्थ्य र शिक्षाबीचको समन्वयलाई उच्च प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। सामुदायिक सहभागिता, संस्थागत सहकार्य र विद्यार्थीहरूको सक्रियताले विद्यालयको सामाजिक उत्तरदायित्व अझ सशक्त बनाएको छ।

Comments